ताप्लेजुङमा एमाले र माओवादीले कुर्सी, टेबल बाँडे

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले कुर्सी र टेबल बाँडेका छन् । अदालतको निर्णयपछि मंगलबार अन्तिम बैठक गरेका दुई पार्टीले एकताका बेला संकलन गरे जसरी नै वितरण गरिएको माओवादी केन्द्रका कार्यालय सचिव सुरज ओझाले बताए ।

ओझाका अनुसार छुट्टै कार्यालय राख्ने भएको माओवादी केन्द्रले सोफासेट, तीनवटा दराज, टि टेबल र ५० वटा कुर्सी ल्याउने भएको छ । ‘हामीले पहिला त्यति नै लगेका थियौं, ती जस्तो अवस्थामा छन् त्यस्तै अवस्थामा ल्याउने भयौं,’ ओझाले भने, ‘बुधबार देखि नै पार्टी कार्यालय सञ्चालनमा ल्याउँछौं ।’ वीरेन्द्र चोकमा रहेको काजी गुरुङको घरमा कार्यालय राख्ने टुंगो भएको उनले जानकारी दिए । अन्तिम बैठक भावनात्मक भएको पनि उनले बताए । ‘यो बिचमा जति तितोमिठो भयो सबैले सम्मान पूर्वक लियौं भन्दै छुट्यौं,’ ओझाले भने ।

एमालेको भने दुईवटा पार्टी कार्यालय हुने भएको छ । माओवादीलाई बिदाई गरेपछि बलबहादुर साम्सोहाङ नेतृत्वले पुरानै कार्यालयमा एमालेको बोर्ड राख्ने भएको छ भने केपी शर्मा ओली समूहले नियुक्त गरेको भुपेन्द्र थेबे नेतृत्वको समूहले मंगलबार बिहानै बोर्ड राखेको छ । थेबेले आफू आधिकारिक रहेको पनि दाबी गरेका छन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…