जसपामा जानकारी नदिइ एमालेसँग सत्ता साझेदार गर्न अघि बढे ठाकुर र महतो

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोको साथ लिएर एमालेसँग सत्ता साझेदारको लागि प्रयास गरेका छन्।

सत्ता साझेदारीका लागि ठाकुरले पूर्व समाजवादी र राजपाकै केही नेतालाईसमेत जानकारी नगराइ कार्यदल बनाएको खुलेको छ।

जसपाको तर्फबाट कार्यदलमा सर्वेन्द्रनाथ शुक्ल र सांसद लक्ष्मणलाल कर्ण छन्। शुक्ल ठाकुर निकट हुन् भने कर्ण महतो निकट हुन्।

‘केही दिनअघि ठाकुरजीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नुभएको थियो। त्यहीँ बेला कार्यदल बनाउनुभएको हो,’ जसपाका एक नेताले सेतोपाटीसँग भने, ‘यसबारेमा अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई जानकारी छैन। पूर्व राजपाकै पनि कतिपय नेतालाई थाहा दिइएको छैन।’

जसपाभित्र सत्ता गठबन्धनका लागि दुई धार देखिएको छ। भट्टराई र यादवले वर्तमान प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेकाले सहकार्य गर्नै नहुने अडान लिएका छन्। तर ठाकुर र महतो भने ओलीसँग सहकार्य गर्ने विषयमा खुला छन्।

समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो। तर यी दुई दलको संसदीय दलका नेता फरक-फरक छन्।

केपी शर्मा ओलीलाई बहुमत पुर्‍याउन जसपाले साथ दिए पुग्ने देखिन्छ। एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्।

सरकार बनाउन १३८ जना सांसद चाहिन्छ। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्।

 

भर्खरै प्रकाशित

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…

दिपक मनाङे प्रचण्ड निवासमा, राजनीतिक घटनाक्रमबारे ‘बृहद् छलफल’

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक…