म नेकपाको हिरा हो,हिरालाई ओलीले चिन्नुभो : कोमल वली

म चाकरी गरेर होइन,केपी ओलीमा मात्र एउटा त्यस्तो क्षमता छ जसले हिरा चिन्छ । म नेकपाको हिरा हुँ । हिरालाई परख्नसक्ने क्षमता केपी ओलीमा छ । भलै म उहाँकी चेली हुँ । केपी ओलीमा हिरा परख्नसक्ने एउटा क्षमता थियो । त्यो क्षमताले मलाई अवसर दिनुभयो । मैले पाएँ । म यो पार्टीको हिमाल हुँ,’ यो भनाई राष्ट्रिय सभा सांसद कोमल वलीको हो ।

नेकपा (बहुमत) का नेता रघुजी पन्तले पार्टीको एउटा आन्तरिक कार्यक्रममा व्यक्त गर्नुभएको धारणालाई लिएर राष्ट्रिय सभाकी सांसद कोमल वलीले कानुनी उपचारको कुरो उठाउँदै उक्त धारणा राखेकी हुन् । पूर्व खेलाडी तथा गायिका एवम् सांसद वलीले पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर समर्थन गरेकी छन् । अन्तर्वार्तामा आफू नेकपाको हिरा भएको र प्रधानमन्त्री ओलीले मात्र त्यो हिरालाई चिन्नुभएको रहस्य खोलेकी हुन् ।

लामो अन्तर्वार्ताको क्रममा वलीले नेपालको वामपन्थी आन्दोलन र नेकपामा आफूले गरेको योगदानको फेहरिस्त प्रस्तुत गर्दै भनेकि छन् ‘के यो पार्टी जेल बसेको महिलाको लागि मात्र हो त ? हाम्रो संघर्षचाँहि केही संघर्ष होइन ? मैले पनि देशको लागि गर्या छु । पार्टीमा काम गरेको आज ४ वर्ष भयो ।’

नेकपामा तपाईंले के योगदान गर्नुभयो ? भनेर धमलाले सोधेको प्रश्नमा वलीले ‘देशको लागि गरेको छु नि ! गीत गाउनु र संगीतप्रतिको मेरो योगदान होइन ? कति सांसदहरुको योगदान छ नि,सबैको हेरौं न त ! पार्टीको लागि मात्र गर्नुपर्छ भन्ने छैन । गत ४ वर्षदेखि मैले नेकपाको हरेक क्षेत्रमा सेवा पुर्याउँदै आएको छु । टेवा पुर्याउँदै आएको छु । मेरो अमूल्य योगदान छ । राष्ट्रिय सभामा आउनुअघि मैले संगठन निर्माणको लागि काम गरेको छु,’ भनेकी छन् ।

आफ्नो प्रशंसा आफैँ गर्दै उनी भन्छिन् ‘नेकपाको लागि म पहाड हुँ,हिमाल हुँ,अन्नपूर्ण हिमाल हुँ । मेरो उचाई देखेर नेकपामा अध्यक्ष केपी ओलीले मलाई आमन्त्रण गर्नुभएको । त्यसैले यो पार्टी ज्वाइन गरेको ।’

शनिबार एउटा कार्यक्रममा नेता रघुजी पन्तले बोल्नुभएको भाषाको नक्कल गर्दै कोमलले अन्तर्वार्ताकै क्रममा साडी माथि उचालेको भावमा भनेकी छन् ‘साडी उचालेर गोरा पिँडुला देखाउनासाथ र पोइल जान पाम भन्ने गीत गाउँदैमा केपीले राष्ट्रिय सभाको सांसद बनाउनुभएको हो ! ’

भर्खरै प्रकाशित

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…