स्थानीयले मञ्चबाटै ढुंगामुढाले लखेटेपछि कार्यक्रम छाडेर भागे अर्थमन्त्री पौडेल

२१ फागुन, बुटवल । अर्थमन्त्री विष्णु पौडेलवि’रुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुं’गा प्र’हार गरेका छन् ।

ठूलो सुरक्षा घे’रा’बीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुं’गा प्र’हार गर्दै उनीविरु’द्ध ना’राबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए ।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आ’रोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुं’गा प्र’हार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुं’गा प्र’हा’र गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुं’गा’मुढा रो’केको थियो ।

प्रहरीले तीनजना स्था’नीय’लाई कु’टपि’ट गरेर घा’इते बनाएको र दुईजनालाई नि’यन्त्र’णमा लिएको स्थानीयको आ’रोप छ । दुई पक्षबीच ढुंगा हा’नाहा’न र ल’खेटा’लखेट हुन थालेपछि अर्थमन्त्री पौडेलले २ मिनेटमै आफ्नो मन्तव्य टुंग्याएर हिँडेका थिए ।

त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए । आ’क्रो’शित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।

स्थानीयले बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भ’त्का’इदिएका थिए । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्र’हरी परिचालन गरी पुनः मच बनाएका थिए । मोतीपुरका पूर्वगाविस अध्यक्ष भीमलाल न्यौपानेले स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि वि’रोधमा उत्रेको बताए ।

सरकारले स्थानीयसंग गरेका प्रतिवद्धता विपरीत अपारदर्शी ढंगले काम अघि बढाएकाले औद्योगिक क्षेत्र बन्न नदिने बताए ।

‘स्थानीयको माग सम्बोधन नगरी औद्योगिक क्षेत्रको काम अघि बढ्न सक्दैन’ न्यौपानेले भने, ‘सरकारले पूरा गर्नुपर्ने सबै प्रक्रियासमेत पूरा नगरी राजनीतिक स्वार्थका लागि हतारमा शिलान्यास गर्नु आपत्तिजनक छ, हामी अव’रोध गर्छौं ।’

औद्योगिक क्षेत्र संघर्ष समितिका सहसंयोजक ग्यामलाल भुसालले आफूहरुले संरक्षण गरेको जग्गामा औद्योगिक क्षेत्र बनाउँदा स्थानीयको माग सम्बोधन नगरेकाले आ’न्दोलन गर्नुपरेको बताए । उनले घना वस्ती भएको क्षेत्रमा औद्योगिक क्षेत्रको सट्टा पर्यटकीय स्थल र पार्कहरु बनाइनुपर्ने बताए ।

औद्योगिक क्षेत्र निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । परियोजनामा विदेशी लगानी वा अनुदान वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने भनिएपनि खर्चको स्रोत सुनिश्चित भइसकेको छैन । यो औद्योगिक क्षेत्र पाँच वर्षमा तयार पार्ने सरकारको दाबी छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले स्थानीयको विरोधले औद्योगिक क्षेत्र निर्माणको काम नरोकिने बताए । स्थानीयले विरोध गरिरहे उनीहरुले जग्गाको लालपूर्जासमेत नपाउने चेतावनी दिए ।

पर्दा उघारेर सडकमा आउन अर्थमन्त्रीको चुनौती

कार्यक्रम बिथोलिएपछि बोल्न नपाएका अर्थमन्त्री विष्णु पौडेलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मेलन गरे । उनले पर्दा पछाडिबाट औद्योगिक क्षेत्र निर्माणको विरोध भइरहेको बताए ।

पौडेलले आफ्नो परिचयका साथ पर्दा उघारेर सडकमा आएर विरोध गर्न चुनौती दिए । औद्योगिक क्षेत्र निर्माणको काम रातारात सुरु नभई २०७२ सालदेखि अघि बढेको भन्दै पौडेलले जनताको सहभागितामै बन्ने बताए ।

देशलाई औद्योगिकरणको दिशामा लैजाने प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम नरोकिने बरु तीब्रताका साथ सुरु हुने बताए ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…