बहुमत साथीहरूको मतले म नेता भएको छुः प्रचण्ड

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बहुमतप्राप्त नेता भएको जिकिर गरेका छन्।

शुक्रबार सिंहदरबारमका भएको संसदीय दलको बैठकपछि नेता चुनिएका नेता प्रचण्डले आफूहरू विधानअनुसार वैज्ञानिक तरिकाले अगाडि बढेका बताएका छन्।

‘अत्याधिक बहुमत साथीहरूको साथमा म दलको नेता बनेको छु, हामी विधान अनुसार बैठक बोलाउन आव्हान गरेर वैज्ञानिक तरिकाले हामीले बैठक गरेका हौ’, उनले भने,‘हामी संविधान र प्रक्रिया अनुसारनै जान्छौं। पर्‍यो भने अविश्वासको प्रस्ताव पनि लैजान्छौं।’

उनले आफू संसदीय दलको नेता बन्नुलाई अवसर र चुनौतीको रूपमा लिएको उल्लेख गरे। ओली गुट र ‘भ्रम’मा रहेका नेता–कार्यकर्तालाई आधिकारिक पार्टी आफ्नै भएकाले यतै आउन पनि प्रचण्डले आग्रहसमेत गरे।

उनले निकै जटिल परिस्थिति रहेको भन्दै आफू तत्काल प्रधानमन्त्रीको उम्मेद्वार नभएको भन्दै सबैसँग सल्लाह गरेर अगाडि जाने बताए। ‘आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि राजीनामा दिनुपर्ने हो। त्यतिमात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ नभए प्रक्रियामार्फत अघि बढ्छौँ,’ दाहालले भने, ‘अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेका हुन्।’

उनले संसद् विघटन गर्ने कदमलाई स्वेच्छाचारी भनेर सडकमा गएका दलहरु मिल्नुपर्ने तर्क गरे।

भावी प्रधानमन्त्रीको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले अरु दलहरुसँग छलफल गरेपछि मात्रै आफूहरु निर्णयमा पुग्ने बताए। ‘अहिले हामी छलफलमै छौँ । संसद् विघटन गर्ने कदमलाई अलोकतान्त्रिक, स्वेच्छाचारी भनेर सडकमा गएका दलहरुसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ । आन्दोलनमा सहकार्य भयो । छलफलमा छौँ, एक–दुई दिनमा टुंगो लाग्छ,’ उनले भने।

आजै बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो। यसअघि पुस ८ मा पनि उनलाई संसदीय दलको नेतामा चयन गरिएको थियो। तर निर्वाचन आयोगले पुस ५ यते नेकपाको दुवै पक्षले गरेको निर्णय अस्वीकार गरिदिएको थियो।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…