इटालीले रोक्यो अस्ट्रेलिया पठाउन लागेको कोरोना अढाई करोड खोप

रोम । अस्ट्रेलिया पठाउन लागेको अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप इटालीले रोकेको छ । बिहीबार इटालीको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी गराएको हो ।

इटालीमा उत्पादित २ लाख ५० हजार डोज खोप अस्ट्रेलिया पठाउन जहाजमा राखिसकिएको थियो । लोड भइसकेको खोप इटाली सरकारले रोकेको हो ।

इटालीले यस कारण रोक्यो खोप ?
खो उत्पादक कम्पनी एस्ट्राजेनेकाले इयूसँग गरेको सम्झौता बमोजिम खोप उपलब्ध गराउन नसकेको भन्दै इटालीले खोप निर्यातमा रोक लगाएको हो ।

गत अगस्टमा एस्ट्राजेनेका र इयूले ३० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरेका थिए । मार्चको अन्तिमसम्ममा १० करोड डोज उपलब्ध गराउने बिकल्पसहित सो सम्झौता भएको थियो । वर्षको सुरुवातमै बेलायत, स्वीडेन लगायतमा उत्पादन गरिरहेका कम्पनीले उत्पादनमा ढिलाइ हुने बताएका थिए । तर मार्च महिनासम्ममा ४ करोड डोज मात्र खोप उपलब्ध हुने भएको हो ।

इयूले कम्पनीले सम्झौताको बेवास्ता गरेको आरोप लगाउँदै आएको थियो । कम्पनीले सम्झौताअनुसार खोप उपलब्ध नगराए निर्यातमा रोक लगाउने उसले चेतावनी दिँदै आएको थियो ।

अस्ट्रेलियाले कस्तो प्रतिक्रिया दियो ?
अस्ट्रेलियाले भने इटालीको सो कदमले कोरोनाविरुद्धको अभियानलाई असर नपार्ने जनाएको छ । यसअघि नै ३ लाख डोज खोप प्राप्त भइसकेको र केही दिनमै आम नागरिकलाई प्रदान गरिने बताएको छ । त्यस्तै आउँदो साताबाटै स्थानीय उत्पादन पनि थालिने बताएको छ ।

उसले हरेक हप्ता १० लाख डोज खोप उत्पादन गर्ने बताएको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…