आइफोन–१३ हुनेछन् यस्ता रोचक फिचर, ब्याट्री पनि ठुलो हुने

एप्पलले आइफोन–१२ मा देखिएका केही समस्यालाई हटाएर अब सार्वजनिक हुने आइफोन अझै राम्रो बनाउन सक्ने ह्वाट हाइफाइले उल्लेख गरेको छ।

एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार सन् २०२१ मा एप्पलले आइफोन–१३ सार्वजनिक गर्न सक्नेछ।

यो नयाँ आइफोनको नाम तय नभएपनि अहिलेसम्म यसलाई आइफोन–१३ भनेर सम्बोधन गरिरहेको छ।

आइफोन–१३ का सिरिज पनि आइफोन–१२ जस्तै हुने हल्ला छ। आइफोन–१२ मिनीको बिक्री राम्रो नभएको कारण नयाँ आइफोनको मिनी संस्करण उत्पादन नगर्ने बताइएको छ।

यो नयाँ उत्पादनमा तीनवटा सिरिज हुन सक्ने छ। जसमा आइफोन–१३, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्स।

आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्स मोडलमा १२० एच.जेट आकारको स्क्रिन, नोचको आकार सानो र लाइटनिङ पोर्ट हुने विश्लेषक मिङ–ची कुओको भनाइ छ।

यसैगरी नयाँ आइफोनको ब्याट्री पनि ठूलो हुने र यसमा क्वालकोमको स्न्यापड्रागन एक्स–६० मोडेम प्रोसेसर हुने रिपोर्टले जानकारी दिएको छ।

अर्को नयाँ आइफोन–एसइ उत्पादनको काम पनि भइरहेको हल्ला छ। यो आइफोनमा ५–जी नेटवर्क र तिव्र गतिमा चल्ने प्रोसेसर हुनेछ।

आइफोन–एसइ सन् २०२२ भन्दा अगाडी सार्वजनिक नहुने ह्वाट हाइफाइले लेखेको छ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…