राष्ट्रपति र प्रधानमन्त्री दुवैले अब पद छोड्नुपर्छ : गगन थापा

महोत्तरी । आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उनलाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने कांग्रेस नेता गगन थापाले बताएका छन् । संसद्ले अब प्रधानमन्त्रीलाई हटाएरै छोड्ने उनले बताए ।

महोत्तरीको बर्दिवासमा कांग्रेस नगर समितिले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता थापाले अब प्रधानमन्त्रीले पद् छोड्नै पर्ने बताएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरी गरेको गलत निर्णय अदालतले बदर गरी सच्याएपछि अब दुवैले पद छाड्नुपर्ने नेता थापाले बताए ।

सर्वाेच्च अदालको निर्णयले संविधानको रक्षा गरेको बताउँदै नेता थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङमा अब ब्रेक लागेको छ, संसद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन ।‘ प्रधानमन्त्रीको गलत कदमलाई साथ दिने राष्ट्रपतिले पनि नैतिकताका आधारमा पद छोड्नुपर्ने उनले बताए ।

भर्खरै प्रकाशित

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…