हेलिकप्टर चढ्न मानेनन् ‘विप्लव’, गाडीमै काठमाडाैं आउँदै

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्।

गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै बिहीबार बेलुका काठमाडौं आइपुग्ने भएका हुन्।

‘गृहमन्त्रीले हेलिकप्टरबाटै विप्लवलाई काठमाडौं ल्याउने प्रस्ताव राख्नुभएको थियो,’ मन्त्रालय स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उहाँ (विप्लव)ले हेलिकप्टरमा चढ्न नमानेपछि ‘क्यान्सिल’ गरियो, उहाँ आफैँ गाडीको व्यवस्था गरेर आउने कुरा भएको छ।’

गृहमन्त्रीले ‘विप्लव’ लाई हेलिकप्टरबाट काठमाडौं ल्याउने प्रस्ताव राखेपछि उनले पार्टीमा सल्लाह गरेर नचढ्ने निष्कर्षमा पुगेको एक नेताले बताए।

‘सरकारको तर्फबाट महासचिव कमरेडलाई जहाँ जुनसुकै अवस्थामा भएपनि हेलिकप्टरबाट लग्ने प्रस्ताव आयो,’ ती नेताले भने, ‘हेलिकप्टर चढेर जाँदा आमजनतामा राम्रो सन्देश नजाने भएपछि गाडीमै जाने निर्णय भयो।’

हेलिकप्टर चढ्नु परे अति आवश्यक परेको खण्डमा मात्रै चढ्न पार्टीका नेताहरुले सुझाएका छन्।

सरकार र ‘विप्लव’ पक्षवीच बिहीबार तीन बुँदे सहमती भएपछि शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएपछि प्रतिबन्ध फुकुवा, मुद्धा खारेजी र सम्पूर्ण नेता कार्यकर्ता रिहाइ गरिने भएकाे छ।

तत्कालिन माओवादी शान्ति वार्तामा आउँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलगायतका नेताहरु २०६३ साल असार २ गते हेलिकप्टरबाटै कास्कीको सिकलेसबाट काठमाडौं आएका थिए।

गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग प्रचण्ड र बाबुरामसहितका नेताहरु हेलिकप्टरबाटै बालुवाटारमा सार्वजनिक भएका थिए। एउटै ‘ड्रेस कोड’ र ‘हेयर स्टाईल’मा प्रचण्ड र बाबुरामसहितका नेताहरु सार्वजनिक भएका थिए।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…