प्रधानमन्त्री जनताको मन–मनमा मात्रै नभइ बारी–बारी र घर–घरमा पनि

२०५६ सालको चुनावमा कांग्रेसको नारा थियो: ‘गाउँगाउँमा शिक्षा, घरघरमा रोजगार । नेपाली कांग्रेसको बहुमतको सरकार ।’

तत्कालीन एमालेका नेता केपी ओलीले यो नारालाई कटाक्ष गर्दै प्रधानमन्त्रीका प्रत्यासीलाई व्यंग्य गरेका थिए : ‘गाउँगाउँमा कृष्णप्रसाद, घरघरमा गिरिजाप्रसाद ।’

कटाक्ष, तुकबन्दी ओलीको पुरानै विशेषता हो । कांग्रेसको चुनाव प्रचार सामग्रीमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको तस्वीर हेरेर उनले यो भनेका थिए ।

तिनै ओली प्रधानमन्त्री भएका बेला जहाँतहीँ उनका तस्वीर र प्रतिमा राख्न थालिएका छन् । बालुवाटार छिर्दा उनले फुटबल हान्दै गरेको ठूलो मूर्ति भेट्न सकिन्छ । कार्यकर्ताका घरघरमा, अनि नारा जुलुसमा उनको प्रतिविम्ब एकछत्र छ । बरु हिजोआज मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलालहरूको तस्वीर भेटिन हम्मे पर्छ ।

जस्तो कि ओलीको चुनाव क्षेत्र झापा गौरादहका यी तस्वीर हेर्नुस् न । खेतीपाती गर्नुपर्ने गह्रा र आलीहरूमा उनी स्वयम्‌भन्दा अग्ला प्रतिविम्ब छन् ।

शिलापत्रले यी तस्वीर झापाका स्थानीय पत्रकार चिरञ्जीवी घिमिरेको ट्वीटरमा भेट्यो ।

हामीले उनलाई फोन गरेर ओलीको किङसाइज तस्वीर राख्नुको कारण जान्न चाह्यौँ । पत्रकार घिमिरेले भने, ‘नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यासका बेला राखिएका तस्वीर हुन् यी । मैले गौरादह– ५, बालुबथानमा खिचेको हुँ ।’

चार दिनअघि झापामा गएर ओलीले प्रस्तावित औद्योगिक पार्कको शिलान्यास गरेका थिए ।पत्रकार घिमिरेले ट्वीट गरेका छन् : ‘हाम्रा प्रधानमन्त्री जनताको मन–मनमा मात्रै होइन । बारी–बारी र घर–घरमा पनि भेटिन्छन् ।’उनले शिलापत्रसँग भने, ‘प्रधानमन्त्रीले पहिले पनि फोटो प्रचार गर्नुहुन्थ्यो भन्ने हामीलाई थाहा भएकै कुरा हो । तर, यसरी खेत–खेतमा तस्वीर ठड्याएको दृश्य भने अलिक अनौठो लाग्यो ।’

तैतै खेतमा फोटो राखेको कारण बुझियो । निर्वाचन आयोगले त्यसबेला छुट दिएको कागजको श्यामश्वेत प्रचारसामग्रीसमेतलाई घर–घरमा गिरिजाप्रसाद भनेर उडाउन भ्याउने ओलीले आफ्नो पालामा किन यत्रो बिघ्न खर्च गराएर घर–घरमा राख्न लगाए होलान् त ? या उनका कार्यकर्तालाई यस्तो निर्णय लिन के कुराले आकर्षित गर्‍यो होला त ?

पत्रकार घिमिरेले यो पनि स्थानीयलाई सोधिहेरेछन् । बालुबथानका गाउँलेको जवाफ यस्तो रहेछ, ‘ओलीको फोटो भन्दा पनि त्यो ठड्याउन प्रयोग गरेको फलाम हामीलाई काम लाग्न सक्छ । फलाम ल्याउँदा फोटो पनि सँगै आयो ।’ शिलापत्र

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…