विप्लवसंगको वर्ताबारे यस्तो भने गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबीच ऐतिहासिक सहमति र सम्झौता भएको दाबी गरेका छन्। सरकारी र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएपश्चात फेसबुकमार्फत उनले यस्तो बताएका हुन्।

उनले नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफल भई सकारात्मक परिणाम आउन सफल भएको दाबी गरे। थापाले सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ गर्ने र विप्लवको तर्फबाटपनि पूरा हुने धारणा राखेका छन्। 

‘यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई।’उनले अगाडि थपेका छन्,‘सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ, अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौं।’

वार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका छन्। तीन बुँदे सहमतिमा विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ। 

वार्तासँगै शुक्रबार दिउँसो २ बजे विशेष कार्यक्रम गरेर सहमति सार्वजनिक गर्ने र उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्नेसमेत सहमति भएको छ। 

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो। सरकारले वार्ता समिति बनाएको एक घण्टामै विप्लवलेसमेत  खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजकत्वमा उदयबहादुर चलाउने ‘दीपक’सदस्य रहेको  वार्ता समिति गठन गरेको थियो।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…