भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्या’दती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्।
सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको बहानामा हा’त’पात र दु’र्व्यव’हार गरेको भन्दै स्थानीयले नाकामा प्रदर्शन गरेका हुन्।
बेलहियाका स्थानीय माधव शर्माका अनुसार भारतीय सुरक्षा बल एसएसबीले चेकजाँचको बहानामा नेपालीमाथि दु’र्व्यव’हार गरेकोले त्यसको विरोधमा स्थानीयले प्र’दर्शन गरेका हुन्।
बुधबार साँझ साढे सात बजेदेखि सिमामा भारतीय एसएसबी वि’रूद्ध नाराबाजी र प्रदर्शन गरिएको शर्माले जानकारी दिए।
बेलहियाका सयौं स्थानीयको प्रदर्शनपछि नाकामा उच्च सुरक्षा सतर्कता अपनाउँदै दुवैतर्फका सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
अहिले नेपालतर्फका प्रदर्शनकारीलाई बेलहियाको शान्तिगेटदेखि पर जान दिईएको छैन। यद्यपी स्थानीयले भारतीय ए’सएसबी विरूद्ध ना’राबा’जी जारी राखेका छन्।
लकडाउनको समयमा बन्द गरिएका सिमानाका पछिल्ला तीन महिना यता खुला गरिए पनि भारतीय पक्षले नेपालीलाई भारत जान रोक लगाउँदै आएका छन्।
भारततर्फबाट नेपाल आउन नाका खुला गरिए पनि नेपालीलाई भारत जान रोक लगाएपछि दुई तीन सातादेखि स्थानीय विरो’धमा उत्रिएका थिए। किनमेलको लागि भारत जाने नेपालीमाथि एसएसबीले सीमा पार गर्न रोक लगाउँदै आएको छ।
फागुनको पहिलो साता पनि बुटवलबाट किनमेलको लागि गएकी एक महिलालाई चेकजाँचको क्रममा एसएसबीका सुरक्षाकर्मीले अ’भद्र व्य’वहार गर्दै तालिम प्राप्त कुकुर छोडिदिएका थिए ।
त्यसपछि हरेक दिनजसो स्थानीयले बेलहिया नाका नेपाल घुम्न आउने पर्यटकको महत्वपूर्ण पैदलमार्ग भएको भन्दै आवतजावत सहज पार्न माग गर्दै आएका छन्।
शर्माले कोरोनाको कारण रोकिएको सिमा नाका एसएसबीलाई मन लागेको समयमा खुला गर्ने र मन नलागेको समयमा बन्द गर्ने गरेको गुनासो गरे।
यसैबिच बुधबार स्थानीय महिलामाथि नै अभद्र व्यवहार र हातपात गरिएपछि बेलहियावासी एकजुट भएर विरोधमा उत्रिएको उनले जानकारी दिए।
यसअघि २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको समयमा पनि बेलहियावासी एकजुट भएर प्रदर्शनमा उत्रिए पछि नाका बन्द भएको थिएन।