प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन, पाए छाड्ने कुरै हुदैन : देउवा

चितवन । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू मरिहत्ते नगर्ने तर पाएदेखि नभाग्ने बताएका छन् । चितवनको रत्‍ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको १३औं दिनको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भावी राजनीतिक कदमका विषयमा घोचपेच समेत चलेको थियो ।

वरिष्ठ नेता पौडेलले संसद् विघटनबाट जोगिए पनि विकृतिबाट जोगाउन आवश्यक रहेको बताएका थिए । आफ्नो हैसियत र औकातभन्दा बढी आकंक्षा र महत्वकांक्षा राख्नु विकृति भएको पौडेलले बताए । कांग्रेसले सही रूपमा विपक्षको भूमिका निभाउनु पर्ने पनि उनले बताए । ‘हामी संसद्मा सानो संख्यामा छौं तर भूमिका र महत्व ठूलो छ । यो भूमिका पूरा नगरे लोकतन्त्रको रक्षा कसरी हुन्छ ?’ पौडेलले भने ।

पौडेलपछि बोलेका सभापति देउवाले भने आफू पार्टी सरकारमा जाँदा र आफू प्रधानमन्त्री हुँदा पार्टीलाई फाइदा हुने बताएका थिए । ‘रामचन्द्रजी तपाईं सानो चित्त नगराउनुस, तपाइँको कुरा सुन्दा शेरबहादुर प्रधानमन्त्री नहोस्, अरू होस् भन्नेजस्तो बुझिन्छ । त्यसो नगर्नस् । म प्रधानमन्त्री भए पार्टीलाई फाइदै हुन्छ,’ उनले भने ।

महामन्त्री शशांक कोइराला भने वर्तमान राजनीतिक विषयमा मौन रहे । बुधबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भने कोइरालाले कांग्रेस दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका थिए ।

भर्खरै प्रकाशित

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…