चिडियाखाना पुगेर प्रधानमन्त्रीले बोलाए जनावर, ‘चिम्पान्जीलाई भने- ओ काले, ओ काले’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ललितपुरको जावलाखेलमा रहेको चिडियाखानाको अवलोकन गरेका छन् । बुधबार जावलाखेल पुगेर ओलीले चिडियाखानाको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले रोचकताका साथ वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गरेका हुन् । वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर ओलीले, ‘ओ भालु, एता हेर…ओ भालु उता हेर..’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए ।

वन्यजन्तुलाई रोचक ढंगले बोलाएका प्रधानमन्त्री ओलीले चिपान्जी भएको ठाउँमा पुगेर, ‘ओ काले, ओ काले…’ भन्दै बोलाए । चिडियाखाना प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाए । ओलीले केरा र स्याउ खुवाएर हात्तीलाई खुसी बनाएका हुन् ।

अवलोकनसँगै प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओलीले चिडियाखाना परिसरमा प्रतिस्थापन गरिएको शिलापत्रसमेत अनावरण गरेका छन् ।

२०५२ साल पुस १४ गते स्थापना भएको सदर चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राप्त गरेको २५ औं वर्ष पुगेको अवसरमा बुधबार विषेश कार्यक्रम गरिएको हो ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…