चुनावी सरकारको, प्रधानन्यायाधीश राणाले नेतृत्व गर्न सक्ने सम्भावना

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ दिल्लीबाट फर्किएलगत्तै सहमतिमा चुनावी सरकारको प्रस्ताव गरेका छन् । उनले चुनावी सरकारको विषय उठाउनुलाई अर्थपूर्ण मानिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपनि देशलाई चुनावमा लानुपर्ने पक्षमा अधिकांश राजनीतिक शक्तिहरु रहेका छन् । नेपाली काँग्रेस चुनावको पक्षमा उभिदै आएको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बोलेपनि काँग्रेस नेताहरु देशमा चुनाव उत्तम विकल्प रहेको बोल्दै आएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा चुनावमा जोड दिदै आएका छन् ।

जनता समाजवादी पार्टी पनि चुनावको पक्षमा छ । डा. बाबुराम भट्टराईले यसबारे बोलिसके । महन्थ ठाकुर पनि चुनावको पक्षमा देखिदै आएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ओली समूह पनि चुनावको पक्षमा छ । ओलीले ताजा जनादेशको विषय उठाएका थिए । तर, नेकपाको दाहाल नेपाल समूहका नेताहरु चुनावको पक्षमा छैनन् । उनीहरुलाई पनि सहमतिमा ल्याउन सके देश चाँडै चुनावमा जानसक्छ । तर, चुनावी सरकारको नेतृत्व कस्ले गर्ने भन्ने गम्भीर प्रश्न उठ्न सक्छ ।

संविधान अनुसार प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न पाउँदैन । अहिले नेताहरुले चुनावमा जाने अवस्थामा रहेमा एकले अर्कालाई प्रधानमन्त्री मानिहाल्लान् जस्तो देखिदैन । यस्तो अवस्थामा संविधान संशोधन गरेर भएपनि प्रधानमन्त्रीमा स्वतन्त्र व्यक्तिको खोजी हुनसक्छ । त्यतिबेला विकल्पमा प्रधानन्यायधीश देखिन सक्छन् ।

विगतमा पनि सहमतिमा प्रधानन्यायधीशलाई चुनावी सरकारको अध्यक्ष बनाएको इतिहास छ । दोस्रो संविधानसभाको चुनाव तत्कालिन प्रधानन्यायधीश खिलराज रेग्मी चुनावी सरकारको अध्यक्ष बनेर गराएका थिए । रेग्मी नेपालको इतिहासमा प्रधानन्यायधीश भई सरकारको नेतृत्व एकैपटक गर्ने एकमात्र व्यक्ति हुन् । त्यही इतिहास दोहोरिने सम्भावना नभएको होइन ।

दलहरुबीच सहमतिबाट चुनावी सरकार गठन गर्ने र आगामी वर्ष चुनाव गर्नेबारे पनि रणनीतिक छलफलहरु भइरहेको छ । यस्तो अवस्थामा कि त सहमतिमा प्रतिनिधि सभा सदस्य भएको नेताले सरकारको नेतृत्व गर्ने अवस्था बन्छ कि त संविधान संशोधन गरेर भएपनि स्वतन्त्र व्यक्तिका रुपमा प्रधानन्यायधीशलाई जिम्मेवारी दिने अवस्था बन्न सक्छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…