आब सबै मिलेर चुनावी सरकार बनाउ : भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । स्वास्थ्य उपचार गरेर दश दिनपछि मंगलबार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका हुन्।

उनले दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको प्रतिक्रिया दिएका छन्। ‘अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति हो।’ उनले ट्वीटरमा लेखेका छन्,‘बाटो बिराए पुरानै ठाउँमा फर्कनू भने झैं एकपटक ‘फर्गिभ एण्ड फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै काम गरौं।’

उनले ५ प्रस्ताव अगाडि बढाएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग लगायत शान्ति प्रकियामा बाँकी काम पूरा गर्नुपर्ने धारणा राखेका छन् । भट्टराईले सहमतिको सरकारले सहमतिले संविधान संशोधन, संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन, समावेसी समृद्धिको बृहद गुरूयोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, बदलिदो भूराजनीतिलाई ध्यान दिँदै भारत, चीन, अमेरिकासँग असल सम्बन्ध बनाउनुपर्ने धारणा राखेका छन्।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…