सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउँछौँ : माधव नेपाल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने बताउनुभएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडाँै र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा आज यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उहाँले स्व अधिकारीले शुरुआत गर्नुभएको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फाउण्डेशनका संरक्षक रहनुभएको अध्यक्ष नेपालले अधिकारीको दीर्घकालीन सोच र विकासको अवधारणाअनुसार विसं २०५१ मा ग्रामीण क्षेत्रका जनताको जीवनस्तरका उकास्न तथा गाउँको विकासका लागि ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रममा त्यस बेला निकास गरिएको रु तीन लाख रकम अहिले रु ३० करोडबाट भएबाट जनताको मुहारमा खुशी आएको धारणा राख्नुभयो ।

उहाँले पार्टीको सङ्गठन विस्तारमा एवं संविधान निर्माणमा स्व अधिकारीको ठूलो भूमिका रहेको चर्चा गर्दै देश विकास, ज्येष्ठ नागरिकको मुहारमा मुस्कान, अशिक्षा, गरिबी निवारणमा निरन्तर छलफल एवं कार्य गर्नुभएको स्मरण गर्नुभयो ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतले मृत्यु हुन लागेका संविधान र संसद् ब्युताइदिनु जनता र सत्यको जीत भएको धारणा राख्नुभयो । उहाँले राजनीतिक निकास एवं नयाँ प्रधानमन्त्री चयनका लागि वर्तमान नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने तर्क गर्नुभयो ।

फाण्डेशनका अध्यक्ष सोमप्रसाद पाण्डे अधिकारीकी छोरी लीमा अधिकारी, प्रा भेषप्रसाद धमला र सुरेशराज शर्माले स्व अधिकारी राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय विकास कानूनीका ज्ञाता र मृदुभाषी र सरल र दीर्घसोध भएको व्यक्तित्व भएको बताउनुभयो । सो अवसरमा २३ अग्रज कम्युनिष्ट नेता र १२५ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…