‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, केपी ओलीलाई हटाउने तागत हामीसँग छैन : महतो

धनगढी । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको बताएका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महतोले आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताए।

‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ‌ओलीलाई हटाउने नेकपाले नै हाे’, महताेले भने।

उनले नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेकाे बताए।

‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, दलको नेताबाट हटाउन सक्नुपर्‍यो नि नभए पार्टी फोरेर हटाउनुपर्‍यो’, महतोले भने, ‘ओलीको विकल्प नेकपाबाटै आउँछ के, अहिले जनतालाई झुक्याउने काम भइरहेको छ।’

उनले नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपालले ओलीलाई हटाउन सहकार्य गरौँ भनेर प्रस्ताव गरिरहेकोमा कुनै समूहसँग आफूहरुकाे सत्ता सहकार्य नहने बताए।

‘दलीय प्रणालीमा सरकार बनाउन कुनै समूहसँग सहकार्य हुँदैन, पार्टी हुनुपर्छ’, महतोले भने, ‘या त भन्नुपर्‍यो माधव नेपाल पार्टी, प्रचण्ड–माधव पार्टी, तर मजाक बनाउनु भएन के।’

उनले देशमा नैतिकताको खडेरी देखिएको बताए। नैतिकता भएको भए केपी ओलीले राजीनामा दिनुपर्ने उनले बताए।

‘नैतिकतामा राजीनामा मागिँदैन, महसुस भएपछि दिने कुरा हो’, महतोले भने, ‘केपी ओलीमा नैतिकता नै देखिएन।’

महतोले रेशम चौधरीलाई रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुने बताए। उनले रेशमलाई अब लामो समयसम्म जेलमा राखिरहने तागत अब कसैसँग नभएको पनि बताए।

महतोले भने, ‘रेशमलाई अब जेलमै राखिरहने तागत कसैसँग छैन। रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ, हामी सबैलाई जेलमा राख्ने क्षमता राज्यसँग छैन।’

कैलालीको टिकापुरमा २०७३ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक् नावालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन्।

घटनापछि फरार रहेकै अवस्थामा रेशम कैलाली १ बाट अत्यधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए।

निर्वाचन जितेपछि जिल्ला अदालतमा हाँजिर भएका रेशमलाई जन्मकैदको फैसला सुनाएको थियो । हाल उनी डिल्लीबजार कारागारमा छन्।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…