रेसुङ्गा क्षेत्रमा यस वर्ष फुलेन लालीगुराँस

१८ फागुन, गुल्मी । यतिबेला गुल्मीको रेसुङ्गा क्षेत्रमा ढकमक्क लालीगुराँस फुल्ने समय हो । तर यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भएपनि गुराँस नफुल्दा घुम्न आउने पर्यटकहरुको चहलपहल छैन । प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल रेसुङ्गामा अहिले गुराँस नफुलेकाले पनि चहलपहल नभएको हो ।

रेसुङ्गा क्षेत्रको वनैभरि राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने गर्नाले चहलपहल बढ्ने गरेको थियो । तर यस वर्ष गुराँस फुल्ने समयमा पनि नफुल्दा रेसुङ्गा क्षेत्र सुनसान बनेको छ ।

धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुङ्गा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिन्छ । रेसुङ्गा क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोट भएकाले पनि फुल्न छोडेको स्थानीयको भनाइ छ । यस वर्ष हिउँदमा पानी नपरेकाले लालिगुराँस कम फुलेको रेसुङ्गा संरक्षण समितिका सदस्य कृष्णप्रसाद पन्थीले बताए ।

यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला मात्रै रहेको पन्थीले बताए । रेसुङ्गा क्षेत्रमा कति प्रकारका लालीगुराँस छन् भन्ने तथ्याङ्क नभएको पन्थीको भनाइ छ ।
रेसुङ्गा क्षेत्रमा भौगोलिक उचाइगत विविधताले ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा, नागबेलीसहित १ सय ६१ प्रजातिका जडिबुटीहरु रहेको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँस लगायतका अन्य क्षेत्रमा परेको असरले मौसम अगावै र पछि फुल्ने गर्नाले प्रभाव पर्दै जान थालेको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…