मन्त्रीको निर्देशनमा गहुँबाली नष्ट गरी मेला लगाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् ।

रौतहट जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि करिब पाँच विघामा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो ।

एक स्थानीय पत्रकारका अनुसार मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली लगाउन दिएका थिएनन् । ती पत्रकारले भने, ‘उनले किसानहरुलाई जमिन खाली राख्न लगाएका थिए र जसले जबर्जस्ती बाली लगाए उसको खेतमा डोजर लगाएका छन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेला उद्घाटन गराउने तयारीमा प्रभु साह लागेका छन् । सो मेलामा भारतबाट भोजपुरी सिनेमाका कलाकारहरु समेत ल्याउने तयारी भइरहेको स्थानीयहरुले बताएका छन् ।

‘नष्ट भएको बालीको मुआब्जा दिने भनिएको छ । तर त्यो मुआब्जाप्रति किसानहरू सन्तुष्ट छैनन्’ त्यहाँका किसानहरु भन्छन्, ‘एक कट्ठामा चारदेखि पाँच मनको हिसाबले उत्पादन हुन्थ्यो तर कठ्ठाको पच्चिस रुपैयाँ दिने भनेका छन्, हामीलाई निकै मर्का भएको छ । यत्रो मेहनतका साथ खेती लगाएका थियौं तर एउटा मेला लगाउनका लागि बालीमा डोजर लगाएर हामीमाथि अन्याय गरियो ।’

स्थानीय किसानहरुका अनुसार मेला लगाउनका लागि अरु पनि जग्गाहरु खाली राखिएको छ । तर त्यहाँ मेला नलगाई खेती लगाइएको ठाउँमा आएर डोजर लगाइएको किसानहरुले गुनासो गरे ।

एक महिला किसानले भनिन्, ‘मन्त्रीज्यू घरमा आएर भन्नुभयो कि महाशिवरात्रिमा मेला लाग्छ, त्यसमा बाली नलगाउनुहोला, हामीले मन्त्रीले भनेको ठाउँमा बाली लगाएनौँ तर जहाँ बाली लगाएनौँ त्यहाँ मेला नलगाएर यतातिर सरेको छ ।’

भर्खरै प्रकाशित

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता…

काठमाडौँ। नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।…

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…