विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौं, फागुन १८ गते । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनुभएको छ ।

विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए । सरकार र विप्लि माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्यसलाई सकारात्मकरुपमा हेरिएको छ ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…