कोभिसिल्ड खोप लगाएको १६ दिनपछि कोरोना संक्रमण

काठमाडौं । कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको १६ दिनपछि पत्रकार दामोदरप्रसाद दवाडीलाई संक्रमण भएको छ। ५६ वर्षीय उनले माघ ३० गते निजामती अस्पताल काठमाडौंमा खोपको पहिलो डोज लगाएका थिए।

खोप लगाएको दुई सातापछि गत शुक्रबार पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको दवाडीले बताए। उनले भने, ‘जिउ दुख्ने, ज्वरो आउने र खोकीसमेत लागेपछि स्वास्थ्य जाँच गरेको थिएँ।’ दवाडी अहिले होम आइसोलेसनमा छन्। उनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले खोप लगाएपछि संक्रमण भएकोबारे कुनै जानकारी प्राप्त नभएको बताए।

उनले भने, ‘पहिलो डोज (मात्र) लगाएका व्यक्तिलाई कोरोना संक्रमण हुन सक्छ। खोप लगाएको १६ दिनमा संक्रमण भएको हो भने एन्टिबडी विकास हुने समय पनि भइनसकेको हुनुपर्छ। त्यसबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।’

कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ।

कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए। उनले भने, ‘सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ। खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ।’

कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा. उप्रेतीले बताए। कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा. उप्रेतीले बताए। उनले भने, ‘दुई डोज लगाएपछि खोपको प्रभावकारिता लामो समयसम्म हुन्छ। कति लामो समयसम्म प्रभावकारि हुन्छ भन्नेबारे अध्ययन भइरहेको छ।’

भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप हालसम्म ४ लाखभन्दा बढीले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने विज्ञहरूको सुझाव छ। पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड खोप नै लगाउनुपर्ने उप्रेतीले बताए।

भर्खरै प्रकाशित

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…

दिपक मनाङे प्रचण्ड निवासमा, राजनीतिक घटनाक्रमबारे ‘बृहद् छलफल’

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक…