घमण्ड नगरौं : उपचार गर्ने अस्पताल र मरेपछि जाने घाट एउटै हो

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार गर्ने अस्पताल र मरेपछि जाने घाट एउटै भएको भन्दै कसैलाई पनि घमण्ड नगर्न आग्रह गरेका छन्।

गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास पश्चात आयोजित सभामा बोल्दै ओलीले विपक्षी दलतर्फ संकेत गर्दै उनले उपचार गर्ने अस्पताल र मरेपछि जाने घाट एउटै भएको भन्दै त्यतिबेला सबैको तुजुक सकिने बताएका हुन्। भैंसीको अगाडि ब्याण्ड बाजा बजाएर कुनै अर्थ नहुने उनको भनाई छ।

संवोधनमा विपक्षी दलका नेतालाई सम्बोधन गर्न बिर्सिएको भन्दै उनले विचमै सम्बोधन गरेका थिए।

उनले देश लगातार अघि बढेको बताएका छन्। ‘हिजो मात्र मैले ५ वटा लामा–लामा सडक पुल उद्घाटन गरें, ३१ वटा पुलको शिलान्यास गरे’, ओलीले भने, ‘हामी नयाँ नयाँ पुगमा प्रवेश गरेका छौं, देश लगातार अघि बढेको अघि बढेको छ।’

गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास पश्चात आयोजित सभामा बोल्दै ओलीले उक्त कुरा बताएका हुन्। सरकारले समृद्ध नेपाल, सुखी नेपालीको आकाँक्षा लिएको भन्दै उनले यो भन्दा ठुलो उदेश्य अरु केही नहुने बताए।

सरकारले ७ वटा प्रदेश मार्फत र ७ वटा प्रदेशले ७५३ स्थानीय तह मार्फत विकासको प्रयास अघि बढाएको उनले बताए। ‘संविधान अनुसार कानुन थिएनन्, हामीले निर्माण गर्‍यौं, स्रोतको बाँडफाँड, शक्तिको बाँडफाँड गरेका छौं’, उनले भने, ‘प्रदेश संचालन गर्ने संरचनाको व्यवस्था गर्‍यौं।’

पोखरा आउँदा आफुले रमाइलो लाग्ने गरेको प्रधानमन्त्री ओलीले बताए। पहिला पनि आफु ३ बर्ष पोखरामा ‘डेरा’ बसेको भन्दै उनले जेल बस्दाको क्षण संझिए। ‘कहिले रत्ननगरमा फेवातालको छेउमा, कहिले मासबारमा बस्थे, सरकारले पुर्जी ठेगाना दिइरहन्थ्यो, १ बर्ष स्याङ्जा पनि बसेको हुँ,’ उनले भने।

जेलमा बस्दा आफु अध्ययनमा रुची राखेको दाबी गर्दै उनले जेल भित्रै बसेर पोखराको नक्सा उतारेको दाबी गरे। ‘जेलभित्र बसेर पोखराको एउटा नक्सा पठाएको जेलरलाई अचम्म लागेछ, पिएन क्याम्पस यहाँ, रामघाट यहाँ, अस्पताल यहाँ, फेवाताल यहाँ भनेर नक्सामा उतारें’, उनले भने, ‘अचम्म मानेर जेलर सोध्न आउँथ्यो, यसै पनि म अध्ययन गर्न रुचाउने मान्छे हो।’

कोरोना संक्रमितको पीसीआर परीक्षण र उपचार सरकारले निःशुल्क गरेको उनले दाबी गरे। ‘हामी गरिब छौं, तर मनका धनि’, उनले भने, ‘पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन्। कोभिड १९ मा सफलता प्राप्त गर्ने थोरै देशमा हामी पर्छौं।’

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…