निर्वाचन आयोगमा ओलीको सेटिङ चलेन, सूर्य चिह्न हामीले पाउने पक्का भइसक्यो : प्रचण्ड

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधिकारिक नेकपा र सूर्य चिह्नआफूहरुले पाउने पक्का भएको दाबी गर्नुभएको छ ।

काठमाण्डौमा भएको पार्टी निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता कार्यक्रममा प्रचण्डले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिक नेकपा पार्टी र सूर्य चिह्नदिने पक्का भइसकेको खबर आफूले पाएको बताउनुभो ।

संविधान, राजनीतिक दल सम्बन्धी ऐन र अन्य प्रावधानका आधारमा आफूहरु नै आधिकारिक भएको कुरा निर्वाचन आयोगले पुष्टि गर्न लागेको प्रचण्डको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा सेटिङ गर्न खोजे पनि उहाँको षड्यन्त्र सर्वोच्चले असफल बनाइदिएको र निर्वाचन आयोगले पनि ओलीको सेटिङलाई भत्काइदिने प्रचण्डको जिकिर छ ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलाले ओली समूहलाई नराम्ररी पछारिदिएको र हारको झोंकमा जे पायो त्यै भन्दै हिँडेको प्रचण्डको आरोप छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले लाज मान्नुपर्नेमा उल्टै बलियो भएँ भन्दै हिँडेकोमा प्रचण्डले आश्चर्य व्यक्त गर्नुभएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…