दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो ।
नेकपा विभाजित हुँदा दाहाल नेपाल समूहको केन्द्रीय कमिटीमा बहुमत देखिएको थियो । तर, त्यसको प्रमाणिकरण गरेपछि मात्र आयोग निर्णयमा पुग्ने बुझिएको छ ।

आयोग स्रोतका अनुसार एकपटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र दाहाल नेपाल समूहको नेकपालाई पत्राचार गरी बोलाउने छ । मौजुदा केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि सभा सदस्यहरु कुन पक्षमा बढी छन् भन्ने प्रमाण संकलन गर्नेछ ।

निर्वाचन आयोगमा संवैधानिक इजलास गठन गर्ने र आवश्यक परेमा एमिकस क्युरी समेत राखेर निर्णय लिने प्रक्रिया समेत मिलाइएको बुझिएको छ । सबै प्रक्रिया अपनाउँदा वैशाखसम्म पनि निर्णय आउन लाग्न सक्छ, आयोग स्रोतले भन्यो । सुर्य चिन्ह र पार्टीको आधिकारिकतको विषयमा आयोगमाथि चौतर्फी दबाब बढिरहँदा प्रक्रियामा गएर टुंगो लगाउने तयारी भएको हो ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…