गीतकार आनन्द भन्छन् – ‘कलाकारलाई दया होइन, इज्जत दिनुस्‌’

पछिल्लो केही दिनदेखि सामाजिक संजालमा एक भिडियो भाइरल भइरहेको छ – जसमा भारतीय गीतकार सन्तोग आनन्दले आफ्नो जीवनका समस्याहरू भावनात्मक रूपमा बोलेका छन्। उक्त भिडियो रियलिटी शो इन्डियन आइडलको हो-जहाँ उनले भाग लिएका थिए।

यस समयमा शोकी जज नेहा कक्कड़ले उनलाई ५ लाख रुपैयाँ मद्दत गरेकी थिइन्। शुरूमा आनन्दले उक्त पैसा लिन अस्वीकार गरेका थिए। तर, नेहाले उनलाई मनाइन्। र उनी पैसा लिन सहमत भए। यो घटनाबारे गीतकार आनन्दले हिन्दुस्तान टाइम्ससँग कुराकानी गरेका छन्। अन्तर्वार्तामा उनले उक्त भिडियो भाइरल भइरहेको कुरा गर्दै उनले भनेका छन्, ‘एक कलाकारलाई इज्जत र सम्मान चाहिन्छ।’

उक्त घटनामा केही चीजहरू गलत भएको उनले बताए। उनले भने, ‘मेरो घर राम्रोसँग चलिरहेको छ, नेहा धेरै राम्री केटी हुन्, जब उनले मलाई ५ लाख रूपैयाँ दिने बताइन्-आफूले त्यो रकम लिन नसक्ने र आफू एक स्वाभिमानी मान्छे भएको बताए।
उनले भनेका छन्, ‘मलाई थाहा छैन किन नेहाले मलाई किन पैसा दिइन्, यदी नेहाले मलाई म तपाइँको नातिनी जस्तै हुँ नभनेको भए मैले त्यो रकम लिने थिइन्।’

उनले आजको मितिसम्म कसैसँग दयाको याचना नगरेको बताए। ‘म कविहरूको सम्मेलनहरूमा भाग लिन्छु र यसबाट कमाउँछु। जब मलाई कुनै समस्या छैन भने म किन पैसा माग्छु?’ उनले भने, उक्त घटनापश्चात् मानिसहरूले आफूलाई दयाको नजरले हेरेको उनले बताएका छन्। एउटा गीतकारले दयाभन्दा पनि इज्जत र सम्मान चाहने उनले जिकिर गरे

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…