नेपालमा चिनियाँ लगानीबाट उत्पादित बिजुली भारतमा आयात प्रतिबन्ध

काठमाडौं फागुन । भारतले नेपालमा चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई आयात प्रतिबन्ध लगाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले यस्तो प्रतिबन्ध लगाएको हो ।

शुक्रबार उक्त प्राधिकरणले स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत आयात निर्यात कार्यविधिमा विद्युत सम्झौता नभएका मुलुकको नियन्त्रण र लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको हो ।

चीनको नाम कार्यविधिमा उल्लेख नगरेपनि भारतको चीनसँग विद्युत सम्झौता भएको छैन । यसको अर्थ उसको नियन्त्रण र लगानीबाट उत्पादित बिजुली भारतले आयात प्रतिबन्ध लगाएको छ ।

नेपालमा चिनियाँ लगानीमा झण्डै आठ सय मेगावाट विभिन्न जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए गर्न लागेको बेला भारतले यस्तो प्रतिबन्ध लगाएको हो । अब चिनियाँ लगानीबाट नेपालमा विद्युत उत्पादन भए नेपालले नै प्रयोग गर्नुपर्ने हुन्छ या चीन या भारतबाहेकको देशले आयात गर्नुपर्ने हुन्छ ।

नेपालमा चिनियाँ लगानी बढ्दै गई चीनको प्रभाव बढिरहेको विषय भारतभित्र उठिरहँदा पछिल्लो कदम चालेको हो । नेपालको ठुलो विकास निर्माणको आयोजना देखि जलविद्युतमा चिनियाँ कम्पनी हावी भइरहेका छन् ।

भर्खरै प्रकाशित

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…