हाम्रो जस्तो दुर्दशा अरु कसैलाई भोग्न नपरोस 

सन्तोष डाँगी 

१६ फागुन, दाङ।  २३  र्षीय अनिल कुमार डाँगी आफ्ना तीन साथीसंग मिलेर घोराहीमा पुनस्थापना केन्द्र खोलेका छन्।

सानै उमेरदेखि लागुऔषधको लतमा फँसेका घोराही उपमहानगरपालिका १३ का अनिलकुमार डाँगीका भोगाइहरु निकै कष्टकर छ।  उनले कक्षा छ मा पढ्दादेखि नै लागुऔषध सेवन गर्न थाले। अनिलका बुवाले वैदेशिक रोजगारीको सिलसिलामा लामो समय विदेशमै रहिरहे । अनिल यता आमाको कुरै नसुन्ने भए । साथीभाईको लहैलहैमा लागुऔषध दुर्व्यसनमा लागेका उनलाई लागुऔषधले गाँज्दै लग्यो ।

लागुऔषध दुर्व्यसनमा परेकाहरु पनि सामान्य जीवनमा फर्कन सक्ने थाहा पाएपछि अनिलको आमालेउनलाई  सुधारकेन्द्रमा पठाउने निधो गरिन। छोराको यस्तो हालत भएकोबारे विदेशमा रहेराका श्रीमान अनविज्ञ जस्तै थिए। श्रीमानको पनि स्वास्थ्य अवस्था त्यति राम्रो नभएका कारण उनलाई पनि जानकारी नगराई छोरालाई सुधारकेन्द्रमा पठाइन् ।

उज्वल भविष्य पुनस्थापना केन्द्रको भवन

झण्दै एक वर्षजति सुधारकेन्द्रबाट परामर्स लिइसकेपछि अनिल अहिले पूर्णरुपमा समाजमा पुनस्थापित भइसकेका छन्। उनि आफु मात्र नभई आफु जस्तै लागुऔषधको लतमा फँसेकाहरुलाई समाजमा पुनस्थापित गराउने सोच सहित अगाडी बढेका छन्।

अनिल अहिले उनकै पुर्वलागुऔषध प्रयोगकर्ता साथीहरु संजय आले मगर र किस्मत रोकामगरसंग मिलेर घोराही १४ मा उज्जवल भविष्य पुनस्थापना केन्द्र संचालन गरेर परामर्स दिदै आएका छन् । हालसम्म यस पुनस्थापना केन्द्रबाट सय भन्दा बढीलाई परामर्स दिइसकेको अनिल बताउछन ।

पुनस्थापना केन्द्रमा सम्पूर्ण खर्चसहित परामर्स गरेको न्युनतम शुल्क स्थानीय सरकारले १५ हजार रुपैयाँ तोकिदिएको भएतापनि यस संस्थाले व्यक्तिको आर्थिक अवस्था हेरेर शुल्क लिने गरेको संस्थाका अध्य्क्ष समेत रहेका अनिलकुमार डाँगीले बताए। ‘हामीले धेरै लागुऔषध दुर्व्यसनमा फँसेकालाई निशुल्क पनि परामर्स दिइसकेका छौँ, पैसा नभएकै कारण सेवाबाट बन्चित हामी गर्दैनौं, अध्यक्ष डाँगीले भने।

उज्वल भविष्य पुनस्थापना केन्द्रको भवन

युवा अवस्थामै लागुऔषधको कुलतमा फस्नुमा अनिलको विचारमा साथीभाईहरुको लहैलहै र पारिवारिक अवस्थालाई मुख्य जिम्मेवार ठहराउछन्।

‘मेरो घरपरिवार बिग्रनुको मुख्य जिम्मेवार म आफुलाई नै ठान्छु, क्षणिक आनन्द र ‘हिरोइजम’ देखाउन लागुऔषधको सेवन गर्दै गएँ पछि कहाँ सम्म पुगे म आफैले बयान गर्न सक्दैन, अनिल भन्छन्, ‘लागुऔषध सेवन गरेर मैले मेरो मात्रै जीवन कष्टकर बनाइन मैले पुरै परिवारको जीवन कष्टकर बनाइदिएँ।  म चाहन्छु अब समाजमा हाम्रो जस्तो दुर्दशा कसैले भोग्न नपरोस।’

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…