भारत सुहाउँदाे सरकार बनाउनुपर्छ भन्ने प्रचण्डकाे भनाइमा शान्ताकाे कडा आपत्ति

काठमाडाैं । भारत सुहाउँदाे सरकार बनाउनुपर्छ भन्ने पुष्पकमल दाहाल प्रचण्डकाे भनाइमा नेकपा नेतृ शान्ता चाैधरीले कडा आपत्ति जनाउनु भएकाे छ ।केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर भारत सुहाउँदाे सरकार बनाउनुपर्ने प्रचण्डले बताउनुभएकाे थियाे ।

‘सबै कारणले भारतसँग समझदारी नबनाइ नेपालमा स्थायित्व त विकास हुँदैन, यसरी नेपाली कांग्रेस, हामी र जसपा मिल्नु भनेकाे भारतकाे निम्ति पनि याे भन्दा कम्फर्टेवल (सहज) समीकरण हुँदैन’ – शुक्रबार प्राइम टेलिभिजन अन्तर्वार्ता दिँदै प्रचण्डले भन्नुभएकाे थियाे । प्रचण्डले चीनलाई पनि सहज हुने भनेर आफ्नै अभिव्यक्तिकाे बचाउ पनि गर्नुभयाे ।

प्रचण्डकाे साे भनाइ खेदजनक रहेकाे भन्दै नेतृ चाैधरीले शनिबार सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाउनु भएकाे हाे । ‘सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ, भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरी सरकार बनाउनुपर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भइयाे’- चाैधरीले लेख्नुभएकाे छ ।

आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने कुरा आउनु खेदजनक भएको उल्लेख गर्दै शान्ताले लेख्नुभएकाे छ – ‘राष्ट्रप्रेमी नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नु नै अहिलेको आवश्यकता हाे ।’

विदेशी इसारामा नेपाली जनताको भावनाको अपमान हुने गरी विगत एक वर्षदेखिका अनेक हर्कत भएका रहेछन् भन्ने पनि अब प्रष्ट भएकाे शान्ताले उल्लेख गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ – देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहीमा रहेको भ्रम चिरिदिनुभयाे ।’

चौधरीले नेपाली जनता ठूलो त्याग गरेर देशमा स्वाभिमान, समृद्धि र स्थिरता कायम हुन्छ भन्ने हेतुले ठूलो राजनीतिक परिवर्तनको बाहक बनेका भन्दै सोही कारण नेकपालाई करिब दुई तिहाई मत दिएर जिताएको समेत उल्लेख गर्नुभएकाे छ । प्रचण्डकाे साे अभिव्यक्तिकाे धेरैले आलाेचना गरेका छन् ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…