देउवाको चिन्ता: हामी प्रतिपक्षी पनि हुने हो कि होइन

सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि राजनीतिको केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन्।

उनले नेतृत्व गरिरहेको पार्टी कांग्रेस र देउवाको भूमिका अबका दिनमा के हुने भन्नेमा अनेक चर्चा भइरहेका छन्।

यसबीच बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहकार्यको प्रस्ताव गरेपछि झन् देउवा अलमलमा देखिन्छन्।

देउवाले बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न आज पदाधिकारी बैठक राखेका छन्। अपरान्ह ३ बजे बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकले मुख्यगरी अहिलेको अवस्थामा कांग्रेस सरकारमा जान हुन्छ कि हुन्न भन्नेमा छलफल केन्द्रीत रहनेछ।

साथै आफ्नै नेतृत्वमा सरकारमा जाने वा नेकपाका कुनै समूहसँग मिलेर जाने भन्नेमा छलफल हुने देउवानिकट स्रोत बताउँछ। प्रचण्ड-नेपालले देउवालाई सहकार्य गर्ने प्रस्ताव राखिसकेका छन्। तर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भन्दै निर्णय दिइसकेका छैनन्।

प्रचण्ड-नेपालसँग भेटवार्तापछि केहीबेरमा महेन्द्रनारायण निधिको ९९ औं जन्यजयन्तीमा आयोजित कार्यक्रममा पुगेका देउवाले राजनीतिक अवस्थाबारे खुलेर नेता तथा कार्यकर्तासँग कुरा राखेका थिए।

सुरूमा उनले कांग्रेसलाई भोट नदिने अनि अहिले कांग्रेस खोजिरहेको भन्दै कांग्रेसप्रति भरोसा र आशा राख्नेहरूलाई धन्यबाद दिए।

प्रतिनिधि सभामा कांग्रेसको सिटसंख्या कम हुँदा संसद बैठक बोलाउन पनि नसकिएको देउवाको भनाइ थियो। ‘त्यसबेला नेकपा दुइटा समूह भइसकेको थिएन। ओलीजीले अति गर्न थाले भनेर संसद बैठक बोलाउन खोजेको दुई सिट पुगेन। मधेशवादी दलहरूसँग संसद बोलाऔं भनेको सल्लाह गरौं मात्रै भने,’ देउवाले विगतका कुरा स्मरण गर्दै भने।

त्यसपछि देउवाले अहिलेको राजनीतिक परिस्थितिमा आइपुगे। नेकपा दुइटा समूह देखिए पनि पार्टी भने एक नै रहेको देउवाको भनाइ छ।

‘उहाँबीचमा झगडा भयो। हुँदाहुँदा अहिले दुइटा समूह छ भन्नुपर्‍यो। पार्टी एउटै छ,’ देउवाले भने, ‘पार्टी फुटोस् भन्ने हाम्रो इच्छा पनि होइन है। कुनै पार्टी फुटोस् भन्ने हाम्रो चाहना छैन। यसबारे निर्वाचन आयोगले छिटो निर्णय देला।’

उनले कम्युनिष्टहरू पनि प्रजातन्त्रको कुरा गरिरहेकोले खुसी हुनुपर्ने बताएका थिए। उनले नेकपाका प्रचण्ड-नेपाल अब कसरी अगाडि बढ्छन् त्यो हेर्नुपर्ने बेला रहेको बताएका छन्।

‘अहिले के हुन्छ मलाई थाहा छैन। प्रतिनिधि सभा पुनर्स्थापना भएपछि माधव-प्रचण्ड कसरी जान्छन्। अविश्वास प्रस्ताव राख्छन् कि कसरी जान्छन्,’ देउवाले भने, ‘ओलीजीले छोडिदिनुभयो भने अविश्वास प्रस्ताव राख्न पर्दैन होला। ओलीले छाड्न मानेको छन् कि छैन थाहा छैन। हामीले भनेर पनि हुनेवाला केही होइन।’

उनले प्रतिनिधि सभा पुनर्स्थापनाअघि आफूले किन चुनावका कुरा गरेको भन्ने कुरा पनि खुलाएका थिए। अदालतले स्टेअडर नदिएकोले चुनाव नै हुन्छ कि भन्ने शंका लागेकोले पुनर्स्थापना वा चुनाव जे भए पनि स्वीकार गरेर जाने आफूले बताएको देउवाको भनाइ थियो।

सर्वोच्चले पुनर्स्थापना गरेर प्रजातन्त्रलाई सुदृढ बनाइदिएको उनको भनाइ छ। साथै अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्दा राम्रो हुने देउवाको सुझाव छ।

‘अदालतको निर्णयपछि ओलीलेजी कि त आफ्नो पक्षमा संसदमा बहुमत पुर्‍याउनुपर्‍यो होइन भने छोड्दा राम्रो हुन्छ। तर यसो गर उसो गर भनेर हामीले भन्ने होइन उहाँको पार्टीको कुरा हो,’ देउवाले भने।

देउवाले पदाधिकारी तथा संसदीय दलको बैठक गरेर के गर्ने र कसरी अगाडि जाने भन्नेबारे सल्लाह गर्ने पनि बताएका छन्। साथै देउवाले प्रतिनिधि सभामा कांग्रेसको सिट कम भएकोमा पनि चिन्ता जनाए।

‘संसदमा हामीसँग यति सिट कम छ कि पक्ष पनि उनीहरू विपक्ष पनि उनीहरू नै हुने अवस्था छ,’ नेकपाका दुई समूहप्रति लक्षित गर्दै देउवाले भने, ‘उनीहरू के गर्छन् हामीले ध्यान दिनुछ। कांग्रेस के गर्छ भन्दा पनि सहयोग गर्नुपर्छ।’

तर नेकपाका दुवै शक्तिलाई सरकार बनाउन कांग्रेस निर्णायक भने हुन्छ। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्।

नेकपा कानुनी रूपमा विभाजित भएमा कांग्रेस तेस्रो शक्तिमा झर्नेछ। त्यसतर्फ संकेत गर्दै देउवाले आफूहरू प्रमुख प्रतिपक्षी पनि हुने हो कि होइन भन्ने आशंका गरेका हुन्।

उनले पार्टीभित्र झगडा गर्ने पुरानै रोग अझै बाँकी रहेको पनि बताए। वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अहिले कांग्रेस सत्ता साझेदार बन्न नहुने र सत्ताको नेतृत्वमा जान नहुने बताइरहेका छन्।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…