शरीरबाट ३५ किलो उन निकालेपछि बदलियो ‘बाराक’ को रूप

अष्ट्रेलियामा एउटा भेडो अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेको छ।

केहीदिनअघि उद्धारकर्ताले फेला पार्दा त्यो भेडाजस्तो होइन अनौठो जनावरजस्तो देखिएको थियो। उसको शरीर उनले यसरी ढाकिएको थियो कि राम्ररी आँखा पनि देख्न सक्दैनथ्यो।

उद्धारकर्ताले बाराक नाम दिएको उक्त भेडो मेलबर्नदेखि ६० किलोमिटर उत्तरमा भेटिएको थियो। स्थानीयहरूले एड्गर्स मिसनका उद्धारकर्तालाई बाराकबारे जानकारी दिएका थिए।

बाराकको शरीरबाट उद्धारकर्ताले झन्डै ३५ किलोग्राम उन निकालेका छन्। वर्षौंदेखि शरीरमा थुप्रिएको उनले बाराकलाई मृत्युनजिक पुगिसकेको थियो।

कुनै बेला घरम पालिएको बाराकको पाँच वर्षदेखि रौं नकाटिएको हुनसक्ने उद्धारकर्ताले अनुमान गरेका छन्। भेडाको शरीरबाट कम्तिमा वर्षमा एक पटक उन निकाल्नुपर्छ नत्र त्यो बढ्दैबढ्दै गएर समस्या हुन थाल्छ।

उद्धारकर्ताले उन निकालेपछि बाराक अहिले दुब्लो पातलो र राम्ररी देख्न सक्ने भएको छ। बाराकलाई मिसनले अहिले उद्धार गरिएका अरू भेडासँगै राखेको छ। बाराक बिस्तारै तन्दुरूस्त भइरहेको मिसनले जनाएको छ।

 

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…