नेपालको विकास देखेर सारा विश्व चकित छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्न्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको दाबी गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । आफूले इमान्दार भएर देश विकासका लागि काम गर्दा केही मानिसहरु अत्तालिएको आरोप पनि उनले लगाए ।

‘मैले होइन, विश्व बैंकले भनेको हो, यो उसको दाबी हो हामीले गरेको विकास विश्वकै लागि राइजिङ स्टार भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

अर्को वर्ष मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले डिजिटल नेपाल निर्माणको कामहरु धमाधम भइरहेको जिकीर गरे ।

थानकोटमा सुरुङ मार्गले गति लिएको, टोखा छहरेमा पनि सुरुङ बन्ने क्रममा रहेको भन्दै प्रधानमन्त्री ओलीले अब डाँडाकाँडामा घुम्दै यात्रा गर्ने दिन नेपालीको सकिने दाबी गरे ।

‘मैले टनेल र पानी जाहज र रेलको कुरा गर्दा मानिसहरु हाँसेका थिए, अहिले टनेल बन्दैछ, युवाहरु उत्साहित भएर स्टिमर भएपनि चलाउन थालेका छन् । एकदिन नेपाली झण्डा फहराउने पानी जहाजमा पनि कोसीमा कुद्छ ।’

एकदिन मुलुकमा रेल पनि कुद्ने भन्दै ओलीले विकासका काम गर्नु नै सरकारको एक मात्र ध्येय भएको बताए ।

 

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…