ओलीलाई महेश बस्नेतको सुझाव: एक गोल ‘मिस’ भो, नयाँ गोल हान्नुस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला अनपेक्षित भएपनि सम्मान गर्ने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दछु । ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद विघठन गरी निर्वाचनमा गएको प्रक्रिया विघठन गरेको फैसलाले राजनीति १ दशकसम्म अस्थिरता र विकृतीतर्फ फसेको थियो,’ सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले लेखेका छन् ।

अझै पनि राजनीति ओलीके वरिपरी घुम्ने बस्नेतको दाबी छ । उनले ओलीलाई सुझबुझपूर्ण कदम चाल्न पनि सुझाव दिएका छन् ।

‘जिम्मेवार नेतृत्वले त्यो कुरा धान दिएर सुझबुझपूर्ण कदम चाल्नुहुनेछ । सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता के पी ओलीको वरिपरी आज पनि नेपालको राजनीति घुमिरहेको छ । एक गोल पोलमा लागेर फर्केको छ ।

नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ । मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस्,’ उनले अगाडि भनेका छन्, ‘विभाजनकारीहरूलाई एकताको प्रक्रियामा फर्काउनुस् ।

पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिडाउनुहोस् । राजनीतिलाई विकृती र विसंगती मुक्त बनाउनुहोस् । हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाई रहनेछ ।’

ओलीको प्रतिनिधिसभा विघटन गर्ने पुस ५ को सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणालाई सर्वोच्च अदालतले मंगलबार असंवैधानिक ठहर गर्दै बदर गरेको छ । अब प्रतिनिधिसभा बैठक १३ दिनभित्र अर्थात् फागुन २४ गतेभित्र बोलाउन पनि परमादेश दिएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…