विप्लवको दुई वाक्यको विज्ञप्तिले अल्मलियो सरकार

काठमाडौं । नेकपा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन चाहेको भए सरकारले वातावरण बनाउने सरकारका एकजना मन्त्रीले बताएका छन् । तर, विप्लव समूहको खास माग के हो भन्नेमै सरकार अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिबार विज्ञप्ति जारी गर्दै ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक छौं’ भनेपछि अब सरकारतिर सबैको नजर गएको छ । सरकारले उसमाथिको प्रतिबन्ध हटाएर वार्ता समिति गठन गर्छ कि गर्दैन भन्ने चासो बढेको छ ।

एक मन्त्रीले विप्लव समूहलाई वार्तामा ल्याउन अनौपचारिक प्रयास भइरहेको अनलाइनखबरलाई बताए । तर, चर्चा गरिएजस्तो भरे, भोलि नै वार्ता भएर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आइहाल्नेमा उनले शंका व्यक्त गरेका छन् ।

ती मन्त्री विप्लवले दुई वाक्यको विज्ञप्ति जारी गरेकै भरमा सरकारले तत्कालै प्रतिबन्ध हटाउने र वार्ता समिति गठन गर्ने सम्भावना कम देख्छन् । ‘उहाँहरुको मुद्दा हो भन्ने अझै प्रष्ट छैन,’ ती मन्त्रीले अनलाइनखबरसँग भने, ‘वार्ताका लागि तयार छौं भन्नु सकारात्मक छ । तर, वार्ता टोली बनाएर दुबै पक्ष सम्वादमा बस्न निश्चित प्रक्रिया पार गर्नुपर्छ ।’

विप्लव समूह हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने र आगामी चुनावमा भाग लिने हो भने मात्र सरकारले वातावरण बनाउने उनले बताए ।

गृह मन्त्रालय स्रोतका अनुसार सरकारले शान्तिपूर्ण राजनीतिमा आउने गरी वार्तामा बस्ने भए प्रतिबन्ध फुकुवा गर्न सकिने सन्देश पठाइसकेको छ । थुनामा रहेका कैदीबन्दीको सन्दर्भमा पनि कसूरअनुसार ‘हेर्न सकिने’ भनिएको छ ।

विप्लवको विज्ञप्तिको अर्थ

नेताहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली पनि विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन तयार छन् । उनीसँग परामर्श गरेर नै विप्लव समूहलाई वार्तामा ल्याउन आफूहरुले विभिन्न च्यानलबाट सम्वाद अगाडि बढाएको एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीले नै विप्लव समूहको शीर्ष स्तरबाट वार्ताप्रति धारणा खोजेपछि शनिबारको विज्ञप्ति आएको हो । ‘हामी त वार्ताका लागि तयार नै छौं, विप्लवको के हो ? भन्ने भएपछि विप्लवको विज्ञप्ति आएको हो,’ सरकारी स्रोतले भन्यो, ‘यसले सम्वादको वातावरण बनाउन थप सहज हुनेछ ।’

भर्खरै प्रकाशित

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…

केपी ओली भन्दा काँग्रेस धेरै वामपन्थी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर…