अबको २ महिनामा मेलम्चीको पानी काठमाडौंमा झार्ने

काठमाडौं मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सुरुङ परीक्षण थालिएको छ । सोमबार मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा प्राविधिक टोली खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्चीमा पुगेर सुरुङमा हाल्दै परीक्षणको सुभारम्भ गर्नुभयो ।

साढे २६ किलोमिटर लामो सुरुङ भरिन १५ दिनभन्दा बढि समय लाग्ने प्राविधिकहरुले बताएका छन् । सुरुङ मेलम्ची देखि सुन्दरीजलसम्मको रहेको छ ।

उक्त सुरुङ ३ चरणमा परीक्षण गरिने र सफल भएपछि मात्रै काठमाडौंमा पानी झारिने मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ । यो कामहरु सबै सफल भए काठमाडौंमा पानी ल्याउन अब कम्तिमा पनि दुई महिना लाग्ने बताइएको छ ।

पहिलो चरणको यो काममा सुरुङमा पानी पठाएर १० दिन होल्ड (पथान्तरण) गरिने भएको छ । त्यसपश्चात उक्त पानी सुरुङबाट बाहिर फालेर फालिनेछ । सुरुङिभत्र पानी खाली भएपछि पुन: अवलोकन र त्यसको अवस्था जाँच गरिने जनाइएको छ । यदी समस्या पाइए त्यसको समाधान गरिने र समस्या नभए पुन: पानी खसाल्ने प्रकृयाको थालनी गरिने जनाइएको छ ।

ती प्रकृया पूरा भएपछि सुन्दरीजलमा निर्मित दुईवटा पानी प्रशोधन केन्द्रबाट वितरण प्रणालीको काम हुने समितिले जनाएको छ ।

भर्खरै प्रकाशित

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…