४ फाल्गुन, दाङ। घोराही उपमहानगरपालिका वडा नं ३ मा रहेको श्री सरयु आधारभूत विद्यालयले आफ्नो ३१ वार्षिकउत्सव भव्यताका साथ मनाएको छ। पुर्वसभामुख ओनसरी घर्तीको प्रमुख अतिथ्यतामा मंगलबार एक औपरिक कार्यक्रम गर्दै विद्यालयले वार्षिकउत्सव मनाएको हो।
वार्षिकउत्सव कर्यक्रममा विद्यालयले आफ्नो विभिन्न अन्तरिक क्रियाकलापहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दौ विध्यलायाका प्रधानाध्यापक कृष्ण पोख्रेलले विद्यालयमा हाल घेरवारको मुख्य समस्या रहेको बताउनु भएको थियो। करिव ५ विघा क्षेत्रमा फैलिएको यस विद्यालयमा घेरबारको उचित व्यवस्था नहुँदा विदाको समय विद्यालय हाताभित्रका शैक्षिक र भौतिक संरचनाको सुरक्षा चुनौती रहेको प्रअ पोख्रेलले बताउनु भयो।
विद्यालयलाई आवस्यक पर्ने जस्तोसुकै सहयोगका लागि पहल गर्न आफु तयार रहेको पुर्वसभामुख ओनसरी घर्तीको वाचा गर्नुभएको छ। आफु पनि रोल्पामा यस्तै सरकारी विद्यालयमा अध्यन गरेर नै आज यहाँ सम्म आइपुगेको स्मरण गर्दै उहाले आफु सरकारी विद्यालयप्रति छुटै लगाव रहेको बताउनुभयो।
वि.स २०४३ सालमा स्थापना भएको यस विध्यालयमा हाल २३५ जना विद्यार्थीहरु अध्यन गरिरहेका छन्। विशेषगरी न्यून आय भएका परिवारका छोराछोरीहरु विद्यालयमा अध्यन गर्ने भएकाले विचमै कक्षा छाड्नेहरुको संख्या पनि उतिकै हुने गरेको छ। ‘यहाँ हुनेखाने भन्दा पनि हुँदा खाने परिवारका छोरीछोरीहरु पढ्न आउछन, इँटाको सिजन आए विद्यालय छाडेर सबै उतै जान्छन’, प्रअ कृष्ण पोख्रेलले भन्नुभयो।’