प्रचण्डले जे चाह्यो त्यही हुने थलो रोल्पा-रुकुममा विजयको झन्डा फहराउँदैछौँ : शंकर पोखरेल

१ फागुन, घोराही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी चुनावमा रोल्पा र रुकुममा विजयको झन्डा फहराउने दावी गर्नु भएको छ।  ओली समूहले बुटवलमा आयोजना गरेको आमसभामा  पोख्रेलले भन्नुभयो ,‘रोल्पा, रुकुमलाई जनयुद्धको थलोका रूपमा कमरेड प्रचण्डले जे चाह्यो त्यही हुने थलोका रूपमा चित्रण गर्ने गरिन्छ । तर, आउँदो चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झन्डा फहराउँदै छ भन्ने कुराको उद्घोष गर्न चाहन्छु ।’

प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलनको हित गर्न सक्दैन भन्नेकुरा रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने उहाँले बताउनुभयो।

पोखरेलले प्रचण्ड–माधव समूह चुनावबाट भागेको आरोपसमेत लगाउनुभयो । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजे पनि भुइँमा पछारिएको पोख्रेलको भनाइ छ । प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजे पनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको पोखरेलको जिकिर छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…