दाङमा कोरोनाबाट एक जनाको मृत्यु 

३० माघ, घोराही। कोरोना भाइरस संक्रमणका कारण दाङमा एक जनाको मृत्यु भएको छ। विगत १० दिन देखि कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराईरहेका घोराही १५ दाङका ५६ बर्षीय दिल्लीबहादुर थापाको बिहिबार निधन भएको हो। थापाको परिवारमा एक छोरी बाहेक सबैलाई कोरोना संक्रमण भएपछि शव व्यवस्थापन गर्न चुनौती भएको थियो। शुक्रबार उज्यालो बिहानी फ़ाउण्डेशनको पहलमा नेपाल आर्मीले शव अन्त्येष्टि गरेको छ।

काठमाडौँमा अध्यनरत छोरी बाहेक थापाको परिवारमा सबैलाई कोरोना संक्रमण भएको छ। छोरा अमेरिका छन्। दुई छोरीसहित परिवारका अन्य सबै दस्स्य कोरोना अस्पताल बेलझुण्डीमा उपचार गराईरहेका छन्। परिवार सबै सदस्यलाई कोरोना संक्रमण भएको थाहा पाएपछि २१ वर्षीय छोरी दाङ आएर परिवारको हेरचाह गर्दै आएकिथिइन् ।

बुबाको निधन भइसक्यो आमाको अवस्था पनि जटिल छ। बुवाको किरिया बस्ने कि आमाको हेरचाह गर्ने  छोरी अन्योलमा छिन्। कोरोना भाइरसबाट बुबाको मृत्यु भएपछि शव उठाउन समेत कसैले मानेनन्।

दुइदिन देखि अस्पतालमै शव अलपत्र पर्ने अवस्था आएपछि स्थानीय रेम गिरीले उज्यालो बिहानी फ़ाउण्डेशनकहाँ शव व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । फ़ाउण्डेशनले स्थानीय निकाय र नेपाली सेनासंग समन्वय गरेर शुक्रबार शव अन्त्येष्टि गरेको छ।

भर्खरै प्रकाशित

साउनदेखि लाइसेन्स निकाल्न नयाँ व्यवस्था : अब ट्रायलमा आफ्नै सवारी,…

सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी…

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…