बीबीसीलाई झट्का : चीनमा बीबीसी टेलिभिजनको प्रसारणमा प्रतिबन्ध, यस्तो लगाइयो आरोप

बेइजिङ । चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ । ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हालैका आफ्ना रिपोर्टहरुमा बीबीसीले कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्मक सामग्री प्रसारण गरेको थियो ।

बेलायतको विदेश मन्त्रालय विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध लागू भएको बताएको छ । बेलायती विदेश मन्त्रालयले चीनको पछिल्लो निर्णयले विश्वसामु उसको छवि गिराउने प्रतिक्रिया दिएको छ ।

गएको हप्ता बेलायती सञ्चारमाध्यम नियामक निकाय अफकमले चीन सरकारको नियन्त्रणमा रहेको सीजीटीएन टेलिभिजनको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो ।

त्यसैको प्रतिक्रियास्वरुप चीनले बीबीसीको वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाइएको विश्लेषण गरिएको छ । बीबीसीले चिनियाँ राष्ट्रियता र राष्ट्रिय एकतालाई अवमूल्यन गर्दै सामग्री प्रसारण गरेको पनि चिनियाँ अधिकारीले आरोप लगाएका छन् ।

बीबीसीका एसिया सम्पादकका अनुसार चीनमा बीबीसी वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाउँदै खासै असर नपर्ने बताए । उनका अनुसार चीनमा केबल अपरेटरहरुले बीबीसी टेलिभिजन खासै प्रसारण गर्दैनन् । केही होटेल र आवासीय क्षेत्रहरुमा बाहेक बीबीसी वर्ल्ड सर्भिसको प्रसारण नहुने अल जजीराले उल्लेख गरेको छ ।

बीबीसीका तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘चिनियाँ प्रशासनको यो कदमप्रति हामी खेद प्रकट गर्दछौँ । बीबीसी विश्वकै सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय समाचार प्रसारकमध्येको ए हो । विश्वभर पूर्ण रुपमा निष्पक्ष रही, बिनाडर र बिनापक्षपात बीबीसीले समाचार सामग्री प्रसारण गर्दछ ।’

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…