स्थलगत रिपोर्ट : “श्वेता हाम्रो टाउकोमा ४ लाखको ऋण बोकाएपछि तिमीले हात झिक्ने ?”

श्वेता श्री फाउन्डेसनमार्फत बनाइएको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित इन्द्रावती नदी किनारामा रहेको माझी बस्तीको बारेमा विभिन्न टिकाटिप्पणी आइरहेको बेला त्यहाँको अवस्था कस्तो छ भनेर हामी स्थलगत रिपोर्टिङ्गमा पुगेका छौं ।

केही समयअगाडी अभिनेत्री श्वेता खड्काले सामाजिक सञ्जाल मा स्टाटस लेख्दै माझी बस्तीको लागि आर्थिक सहयोग गरेका व्यक्तिहरुले कबुल गरेजति रकम नदिएको भन्दै गुनासो पोखेकी थिइन् । तर हामी त्यहाँ पुग्दा भने अर्कै पीडा देखियो ।

नेपाल सरकारले उपलव्ध गराएको ३ लाख र लक्ष्मी ब‌‌ैंकमा घरजग्गा धितो राखेर निकालेको ४ लाख गरी प्रतिपरिवारले ७ लाख रुपैंयाको लागतमा उक्त घर निर्माण गरेको पाइयो ।

बिहान बेलुका छाक टार्न मुस्किन पर्ने माझि बस्तीका बासिन्दाहरुले बैंकको ऋण तिर्नको लागि मासिक ७ हजार रुपैंया किस्ता तिर्नुपर्ने रहेछ । श्वेता खड्काले बनाएको भनिएतापनि उक्त माझि बस्तीका व्यक्तिहरु श्वेताले बनाएको स्वीकार्दैनन् ।

पहिला श्वेताले नै पैसा दिने भनेर घर बनाएको तर अहिले आएर बैंकको ऋणले उनीहरु निकै तनाव रहेका छन् ।

कस्तो छ त माझि बस्ती त्यहाँका दु:ख पीडा अनि स्थानीयहरुको आक्रोश हेर्नुहोस भिडियोमा

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…