बालुवाटार जग्गा काण्डका मुख्य अभियुक्त शोभाकान्त ढकाल थुनामा

माघ । बालुवाटारस्थित ललितनिवासको सरकारी जग्गा व्यक्तिका नाउँमा दर्ता गराएर हिनामिना गरेकाे काण्डका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राखेर सुनुवाइ गर्ने भएको छ ।

बुधबार विशेष अदालतमा बयान दिन उपस्थित भएका ढकाललाइ सदरखोर, डिल्लीबजार चलान गरिएकाे विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले जानकारी दिए । ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यसअघि नै धरौटीमा छाडेको थियाे ।

प्रवक्ता पाण्डेयका अनुसार विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हाे ।

उक्त जग्गाको मुख्य बिचौलियाको भूमिका निभाएका ढकाल त्यस प्रकरणमा अनुसन्धान सुरु भएपछि फरार रहेका थिए । ढकाल र रामकुमार सुवेदीले संयुक्त रूपमा उक्त सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा बिचौलियको भूमिका निभाएका थिए ।

सुवेदी लेखापढी व्यवसायी समेत भएकाले उनको सहयोगमा बालुवाटरको सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल सुरु भएको थियो । ललिता निवास प्रकरणमा अधिकांश प्रतिवादीले ढकालको नाम लिएका थिए ।

ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेका थिए । ढकालले उक्त जग्गा राखेर आइएमई इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋण समेत लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभुयुक्त ढकालविरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…