ऋषि धमलाले हल्ला गरेपछि नारायणकाजीले भने : ‘ऋषि धमला जी ?तपाईं त्यहाँ चुप लाग्नुहोस्’

काठमाडौं । प्रचण्ड-नेपाल समूहको विरोधसभामा पत्रकार ऋषि धमालाले हल्ला गरेपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मञ्चबाटै चुप लागेर बस्न आग्रह गरे। उनले सभा संचालन भइरहेकाले हल्ला र अन्य क्रियाकलाप नगरीदिन धमलासँग आग्रह गरेका हुन्।

‘एकछिन पत्रकार साथीहरु अरु केही नगरिदिनुहोला। हामी यहाँ सभा संचालन गरिरहेका छौं। त्यहाँ तपाई चुप लागिदिनुहोस्। सुन्नु भयो ऋषि धमला जी। तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस्,’उनले भने।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यो सरकार अवैधानिक भएकाले केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार नभएको आरोप लगाए। ‘वर्तमान सरकारले आफैले असंवैधानिक तरिकाले संसद विघटन गरेर अवस्थामा केपी ओली संसदको सदस्य छैनन्। यस्तो अवस्थामा राष्ट्रपतिद्वारा अर्को सरकार नबन्दासम्म यो काम चलाउन सरकार हो भन्ने अवस्था बाहेक प्रधानमन्त्री पदमा बस्न मिल्दैन। यो स्वत: काम चलाउ सरकार हुनसक्थ्यो। तर यो कामलचाउ सरकार पनि वैधानिकरुपमा घोषणा नगरेको अवस्थामा यो अवैधानिक सरकार हो,’ उनले भने,’ केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार छैन।’

प्रचण्ड-नेपाल समूहको केन्द्रीय संघर्ष समितिका संयोजक श्रेष्ठले संवैधानिक परिषदको अवैधानिक बैठकबाट बलमिच्याइँ गरेर संवैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर्नु र संसदलाई सुचारु गर्नु नै आन्दोलनको मुल उद्देश्य रहेको बताए।

पार्टीका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव नगर्नका निम्ति घोषणा गरेको जिकिर गरे।उनले केपी ओलीली घोषणा गरेको चुनाव लोकतन्त्रअन्तरगतको चुनाव नभएको दावी गरे। उनले भने ,’ यो चुनाव वास्तविक चुनाव होइन। यो चुनाव केपी ओलीले चुनाव नगर्नका लागि घोषणा गरेका हुन्।’

 

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…