केपी ओलीको चुनाव चिन्ह बयलगाडा : माधव नेपाल

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मासँग बयलगाडाको ‘चिन्ह’ मात्र भएको बताएका छन्।

राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले चुनाव चिन्ह सूर्य आफूहरूको भएको भन्दै केपी ओली कुनै एउटा सामान्य गुटको अध्यक्ष र नेता भएको बताए।

‘चुनाव चिन्ह सूर्य हामीसँग छ। केपी ओलीको त बयलगाडाको चिन्ह हो,’ उनले भने।

निर्वाचन आयोगमा आफू पहिलो नम्बरको अध्यक्ष भनेर ओलीले गरेको दाबीलाई लिएर उनले भने, ‘केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर धम्काएछन्। पहिलो अध्यक्ष भनेर कहाँबाट थाहा पाउने? पार्टीको विधानबाट थाहा पाउने? विधानमा पहिलो नम्बरको अध्यक्ष भनेर लेखिएको छैन। सर्कुलरमा लेखिएको छैन र निर्णयमा पनि छैन। कसरी पहिलो नम्बरको अध्यक्ष?’

उनले नेकपाको नभइ ओली गुटको पहिलो अध्यक्ष भएको बताए। उनको भनाइ थियो, ‘बालकोटको पहिलो अध्यक्ष होलान् तर, नेकपाको होइनन्।’

उनले ‘मान नमान में तेरा मेहमान’ भने जसरी ओलीले पहिलो नम्बरको अध्यक्ष दाबी गरेको बताए। कसैले नदिएपनि ओली ताज पहिरिए ‘राजा भएर’ हिँडिरहेको उनको भनाइ छ। नेपालले निर्वाचन आयोले उनका कुरा नपत्याएर दस्तवेज हेर्नुपर्ने बताए। त्यसो नभए सबै केन्द्रीय सदस्य बोलाएर टाउको गन्नुपर्ने उनको भनाइ छ।

नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सिएर पशुपतिनाथको मन्त्र जप्न थालेको बताएका छन्।

राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पशुपतिनाथले पनि ओलीको कल्याण नगर्ने बताएका हुन्। ‘केपी ओलीलाई चेतना भया संविधान मिचाहालाई लोकतन्त्रको हत्यारालाई जनअधिकार कुल्चनेलाई पशुपतिनाथले पनि धिक्कार भन्नेछैन,’ उनले भने, ‘केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आज यो विशाल विरोध सभा भएको छ। केपी ओलीजी तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ। अब त्यो नाम पनि विर्सिसक्नुभएको छ।’

ओलीलाई जनमत विश्वास नभएको नेता नेपालको भनाइ छ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा हजारौं बलात्कारका घट्ना घटेको सुनाउँदै अहिलेसम्म क–कसलाई कारबाही गर्नुभयो? भन्दै ओलीसमक्ष प्रश्न गरे।

उनले अगाडि भने, ‘जुन पार्टीले तिमिलाई प्रधानमन्त्री बनायो अहिले त्यही पार्टी सिद्ध्याउन लाग्यौँ, धिक्कार छ। पशुपतिनाथले पनि त्यही भन्लान् केपी ओलीलाई धिक्कार छ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…