प्रचण्डले भने– केपीजी देख्नुभयो सभा कस्तो हुन्छ भनेर ?

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले सभा, प्रदर्शन र विरोध कस्तो हुन्छ देख्नुभयो भनेर प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षले संसद् विघटनविरुद्ध गरेको विरोध सभामा उनले भने, ‘केही दिनअघि ओली जीले सभा कस्तो हुन्छ भनेर देखाउँछु भन्नुभएको थियो । उहाँलाई म सोध्न चाहन्छु, केपी जी देख्नु भयो सभा, प्रदर्शन र विरोध कस्तो हुन्छ भनेर ?

उनले केही दिनमै सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता आउने चेतावनी दिए ।

उनले भनेः
नेपालको संविधान र लोकतन्त्रमाथि केपी ओलीद्वारा निर्मम प्रहार भएपछि बिरोधको नेतृत्व गर्याै । पुष १४ गते आजको जस्तै बिरोध सभा गर्याै । देशव्यापी प्रदर्शन भयो । माघ ९ मा पुष १४ भन्दा तीन गुणा बढी जनता थिए ।

माघ २८ को यो सभामा यसअघिका सभा भन्दा ५ लाख मानिस छन् भन्ने खबर आएको छ । यो लाखौंको उपस्थिति छ । केपीले सभा कस्तो हुन्छ देखाउँछौ भन्नुभयो । म आज भन्न चाहन्छु– केपी जी हेर्नू भयो त सभा कस्ता हुन्छ ?

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…