करिष्मा ‘महानायिका’ !

राजेश हमाल ‘महानायक’, अनमोल केसी ‘मेगास्टार’ । कोही ‘एक्सनस्टार’ कोही ‘सदबाहार’ । विशेषणको यस्तो फुर्को जोड्ने सिलसिला जारी छ ।

कसलाई ‘महानायक’को तक्मा दिने वा कसलाई ‘मेगास्टार’को लाहाछाप लगाइदिने ? यसको कुनै सर्वमान्य र वैज्ञानिक इकाई छैन । यद्यपि कसैको प्रतिभा, प्रभाव र लोकप्रियताको सामान्य लेखाजोखा गरेर भावनात्मक रुपमा यस्तो विशेषणले सुशोभित गर्ने प्रवृत्ति छ ।

कसले कसलाई कुन विशेषण किन दिने भन्ने कुराको आधिकारिक खाका तयार गरिएको छैन । त्यसैले यहाँ सबैले आ–आफ्नै तालमा डम्फु बजाइरहेका छन् ।

हालैको प्रसंग । अभिनेत्री करिष्मा मानन्धरलाई एक संस्थाले ‘महानायिका’को मुकुट पहि¥याइदिए ।

राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा करिष्मालाई पहिलो पटक ‘महानायिका’ भनी सम्बोधन गरियो । रमाइलो त के भने कार्यक्रममा ‘महानायक’ राजेश हमाल पनि उपस्थित थिए । आयोजकले उनलाई मञ्चमा उभ्याए । र, उनकै समकालिन अभिनेत्री करिष्मालाई ‘महानायिका’ लेखिएको ‘सैश’ लगाइदिए ।

त्यसपछि उनलाई माला, क्राउन र सम्मानपत्रसँगै ‘महानायिका’ उपाधि दिइयो ।

‘आर के इन्टरटेनमेन्ट ग्रुप’ नामक एक संस्थाले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा देखिएको दृश्य हो यो ।

सम्मानित भएपछि करिष्माले भनेकी छिन्, –‘जुन सम्बोधन गरेर मलाई सम्मान प्रदान गर्नुभयो । म यसलाई एउटा कलाकारलाई गरेको सम्मानका रुपमा लिएकी छु । र, उहाँहरुप्रति धेरै आभारी छु ।’

सन् १९७४ मा ललितपुरमा जन्मिएकी करिश्माले १४ वर्षको उमेरमा ‘सन्तान’बाट डेब्यु गरेकी हुन् । ‘कस्तुरी’ चलचित्रमा काम गरेपछि करिष्माले निर्देशक विनोद मानन्धरसँग विवाह गरिन् । विवाहपछि उनको चर्चा अझ चुलियो ।

एकताका यस्तो पनि थियो कि, नायिका भनेकै करिष्मा हुन् । त्यसबखत उनले एकपछि अर्को हिट फिल्म दिइन् । उनले ‘मायालु, ट्रक ड्राइभर, भाउजू, पंन्छी, रणभूमि, बसन्ती जस्ता चलचित्र हिट भए ।

तर, पछि आफ्नै लगानीमा ‘ढुकढुकी’, ‘बाबुसाहेब’ जस्ता चलचित्र निर्माण गरिन् । आफैले मूख्य भूमिकामा अभिनय गरिन् । चलचित्र चलेन । एकातिर आफ्ले निर्माण गरेको चलचित्रले हावा खानु र अर्कोतिर करियर पनि ओह«ालो लाग्दै जानुले उनलाई कतिसम्म दिक्क बनायो भने, चटक्कै करियरलाई बिट मारेर नेपाल छाडिन् ।

लामो समयपछि उनी नेपाल फर्किइन् । त्यसपछि ‘फागु’ नामक चलचित्र बनाइन् । चलचित्रले उनलाई नरम्ररी लोप्पा ख्वायो । त्यसपछि राजनीतिमा होमिइन् । तर, उनको राजनीतिक अवतरण पनि सोचेजस्तो फलिफापयुक्त भएन ।

राजनीतिबाट मोडिएर दृढतासाथ पढाईमा लागेकी उनले यसतर्फ भने एक हदसम्म सफलता हासिल गरिन् ।

करिष्माकी एक छोरी कविता छिन् । उनले पनि चलचित्रमा अभिनय गरिसकेकी छिन् । माघ १ गतेदेखि प्रदर्शनमा आएको ‘एउटा यस्तो प्रेम कहानी’मा कविताले अभिनय गरेकी हुन् । तर, चलचित्र प्रदर्शनमा आएको–गएको दर्शकलाई पत्तो भएन् ।

छोरीको पहिलो चलचित्र असफल भएपछि करिष्माले आफ्नै लगानीमा छोरीलाई चलचित्र खेलाउने तयारी गरिरहेकी छिन् । जुन चलचित्रको नाम करिष्माले ‘बनबास’ राखेकी छिन् । हाल ४७ वर्षकी करिष्माको सुन्दरताको चर्चा चलचित्र बजारमा सधै हुने गर्दछ ।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…