कस्तो ठाउँमा नाच घर ? दाङमा बन्यो एक करोड खर्चमा यस्तो ‘नाचघर’

घोराही उपमहानगरपाालिका केन्द्र घोराही बजारदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी स्तरबाट योजना तयार भयो । पर्यटन विकासका लागि त्यहाँ ‘नाचघर’ निर्माण गर्न २ वर्षअघि लुम्बिनी प्रदेश सरकारले योजना छनोट गरेर एक करोड बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीका अनुसार आइतबार मात्रै निर्माण सम्पन्न भएको यो नाचघरको लागत निकै अस्वाभाविक रहेको स्थानीयको भनाइ छ । लगात अनुसारको संरचना निर्माण नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

भिरालो जमिनलाई डोजर प्रयोग गरेर मैदान बनाइयो । पश्चिम तर्फको खाल्डोलाई समेत जमिनको सतहमा बराबर गर्नका लागि वाल (भित्ता) निर्माण गरियो । त्यसरी मैदान बनाएपछि दुईवटा कोठाको नाचघर निर्माण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधिका अनुसार यी दुई कोठा नाच्ने कलाकारहरूको कपडा परिवर्तनका लागि तयार गरिएको हो । त्यसकै अगाडी नाच्नका लागि स्टेज निर्माण गरिएको छ ।

स्टेजको ओत टिनको छानो छ । स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घामा छ । दर्शक बस्नका लागि ढुंगाको पेटी (सिँढी) बनाइएको छ । ‘सिँढीमा प्रयोग गरिएका ढुंगा जिल्ला बाहिर रुकुम, रोल्पा र प्युठानबाट ल्याइएको हो,’ नाच घर निर्माणको निगरानी गरेको जिल्ला वन कार्यालयका इन्जिनियर कृतिसिङ जिसीले भने, ‘ढुंगा खरिद र ढुवानीका लागि पनि महंगो लागत खर्च भयो ।’ नाचघरदेखि पूर्व तर्फको भिरालो जमिन बर्खाको समयमा जोखिम हुने देखिन्छ । बर्खा पानी परेको अवस्थामा उक्त नाच घरसम्म भिराले जमिनबाट भेल बग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

भौतिक संरचनाको बनोट र यसमा खर्च भएको लागत निकै अस्वाभाविक भएको भन्दै चौतर्फी आलोचना भए पनि यसको अनुगमनको जिम्मा पाएको जिल्ला वन कार्यालयले भने निर्माण लागतमा केही तलमाथि नभएको दाबी गरेको छ । भिरालो जमिनलाई मैदान बनाउन, पश्चिम तर्फबाट वाल (भित्ता) उठाएर जमिनको सतह बराबर बनाउँदा ठूलो रकम खर्च भएको कार्यालयको भनाइ छ । ‘पश्चिम तर्फको खाल्डोबाट पूर्व तर्फको जमिनको सतहसम्म बराबर बनाउँदा धेरै खर्च लागेको छ,’ इन्जिनियर जिसीले भने, ‘त्यो आरसिसी वालमा मात्रै ४० लाख रुपैयाँ खर्च भएको छ ।’

उनका अनुसार स्टेजमा प्रयोग गरिएका ‘प्युठानी’ ढुंगा अधिक महंगो रहेकाले पनि लागत बढेको हो । ‘प्युठानी ढुंगा प्रयोग भएका छन्,’ उनले भने ‘महंगो यो ढुंगा खरिद र ढुवानीमा पनि धेरै खर्च लागेको छ ।’ स्टेजको छानो पनि उत्तिकै महंगो पर्न भएको उनको भनाइ छ । यो छानोमा प्रयोग भएको ‘मेटेरियल’ काठमाडौंबाट ल्याइएको उनले बताए । उक्त स्थानमा पानीको व्यवस्था छैन । घोराहीबाटै पानी ढुवानी गर्नुपर्ने भएकाले रकम महंगो परेको इन्जिनियर जिसीको भनाइ छ ।

नाचघर निर्माणका लागि एक करोड रुपैयाँ खर्च भएको छ । तर, यो घरले पूर्णता भने अझै पाएको छैन । पूर्णता दिनका लागि चालु आर्थिक वर्षमा थप ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नाच हेर्नका लागि जाने दर्शकका शौचालय निर्माणलगायत दर्शक बस्ने सिँडी बढाउनका लागि उक्त रकम खर्च गर्ने निर्माण कम्पनीले जनाएको छ ।

कस्तो ठाउँमा नाच घर ?

जिल्ला वन कार्यालयका अनुसार लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक नाचघर निर्माण गर्ने योजना तयार गर्‍यो । जिल्लामा हुने कार्यक्रममा परम्परागत नृत्यको प्रवद्र्धनका लागि नाचघर बनाउने लक्ष्य प्रदेश सरकारको थियो । मुख्यमन्त्री शंकर पोखरेलले घोरदौरमा ठाउँ छनोट गरे । मुख्यमन्त्रीले त्यहाँबाट हिमाल पनि देख्न पाइने र घोराही बजार समेत देख्न सकिने भएकाले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न उक्त ठाउँ छनोट गरेको स्रोतको भनाइ छ ।

तर, घोरदौरासम्म पुग्नका लागि कच्ची धुलाम्य सडक छ । घोराहीमा भएको कार्यक्रमका सहभागीलाई नाच देखाउनका लागि मात्रै ६ किलोमिटर पहाड उकाल्ने ? भन्ने प्रश्नमा वन कार्यालय स्रोतले भन्यो ‘खोई त्यो त थाहा भएन ।’ भौगोलिक विकटतासँगै नाचघर निर्माण गरिएको ठाउँमा खानेपानीको समेत व्यवस्था छैन । न पक्की सडक, न खानेपानीको सुविधान अत्यावश्यक पूर्वाधारको ख्यालै नगरेर घोरदौराको डाँडोमा निर्माण गरिएको नाचघरको औचित्यमाथि अहिले प्रश्न उठेको छ ।

 

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…