मदन भण्डारीको हत्याको अनुसन्धान हुनुपर्छ : लेखराज भट्ट

धनगढी । केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मदन भण्डारीको हत्याको अनुसन्धान हुनुपर्ने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका भट्टले धनगढीमा सोमबार आयोजित एक कार्यक्रममा मदन भण्डारीको हत्यामा संलग्न भएको व्यक्तिको बारेमा झूट फिँजाइएको बताएका हुन् ।

नेता भण्डारीको हत्यामा केपी ओलीको संलग्नता रहेको हल्ला फिँजाइएको भए पनि त्यसबेला पार्टीको नेतृत्वमा माधव नेपाल भएकाले शंकास्पद रहेको बताएका छन् ।

‘जीवित मान्छे अमर लामा थिए, उनलाई हाम्रै कमरेडहरुले समाते र भाग्न खोज्दा मारिए भनियो’ मन्त्री भट्टले भने, ‘त्यस घटनाको सरकारले अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्छ ।’

‘माधव नेपाल प्रधानमन्त्रीको कुर्सीको निमित्त निवेदन नहाल्नुस् पार्टीको नीति होइन भन्दा निवेदन हाल्न ज्ञानेन्द्रकहाँ पुगेका थिए,’ मन्त्री भट्टले भने, ‘प्रचण्डले जनयुद्धकै ताका ज्ञानेन्द्रसँग संयुक्त मोर्चा गर्नुपर्छ भनेर प्रचण्डले खबर पठाएका हुन् ।’ उनले प्रचण्ड र माधव नेपालको विचार पदका लागि मिल्ने गरेको बताए ।

नेकपा ओली समूह निकट प्रेस संगठनको प्रदेश भेलामा सम्बोधन गर्ने क्रममा उनले टीकापुर घटनाको योजनाकार रेशम चौधरी होइनन् भन्ने लागेको बताए । ‘योजनाकार अरु कोही नै भएको हुनसक्ने मेरो आशंका छ,’ उनले भने ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…