बादललाई वर्षमानको जवाफ : तपाईंलाई जनताले गल्लीमा घिसार्छन्

तनहुँ : नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले संविधान मिचेर निरंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी ओली र आफूलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने चेतावनी दिए।

दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली र थापाको अन्त्य इतिहासका तानाशाहको जस्तै हुने उल्लेख गरे ।

ओली समूहले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए ।

बादलले ओली सरकारमा तीन वर्षसम्मसँगै बस्दा जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाडेकोप्रति आपत्ति जनाए ।

नेकपाको ओली–थापा समूहमा लागेका नेता कार्यकर्तालाई भ्रष्टाचार मुद्दामा कारबाहीको धम्की आउन थालेको भन्दै पुनले धम्कीसँग आफू नतर्सने बताए । अख्तियार, लोकसेवा, निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएका नियुक्ति बदरविरुद्ध दलहरु, नागरिक अगुवा र सञ्चारमाध्यमले आवाज उठाइरहेका बेला विरोधी तर्साउन धम्की दिएको उनको भनाइ छ ।

सत्ताको दुरुपयोग गरेर दिइने धम्कीबाट निरंकुशताविरुद्ध युद्ध, क्रान्ति र जेलनेल सहेर आएका, नेता कार्यकर्ता नडराउने उनको भनाइ छ ।

विगतमा धम्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उनले ओली र थापाको हालत पनि त्यस्तै हुने उल्लेख गरे । धम्की दिन र सडकमा पञ्च¥याली शैलीमा प्रदर्शन छाडेर जनताका पक्षमा लोकप्रिय काम गरे विरोधी आफैं तह लाग्ने उनको भनाइ थियो ।

मन्त्री पुनले २०६२/०६३ सालको आन्दोनविरोधी भन्ने जान्दाजान्दै सुध्रिएको विश्वासमा ओलीलाई नेतृत्व स्वीकार गरेर गल्ती भएको स्वीकार गरे ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…