प्रहरीसँगको झ’डपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चो’ट, काठमाडौं पठाइयो

दाहाल–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा प्रहरीसँगको झ’डपमा पूर्वमन्त्री मातृका यादवको अ’ण्डकोषमा गम्भीर चो’ट लागेको छ ।

बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झ’डप हुँदा उहाँको अण्डकोषमा गम्भीर चो’ट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चो’ट लागेको पुष्टि गर्नुभएको हो ।

गम्भीर चो’ट लागेका पूर्वमन्त्री यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिनुभयो ।

नेकपा स्थायी समिति सदस्य रामचन्द्र झा, सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको एवं शरीरका अन्य भागमा चो’ट देखिएपछि प्रादेशिक अस्पतालमा उपचार पश्चात काठमाडौं पठाइएको अस्पतालका मेसु डा. यादवले बताउनुभयो ।

जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झ’डप हुँदा दाहाल–नेपाल समूहको नेकपाका एक दर्जनभन्दा बढी का’र्यकर्ता घा’इते भएका थिए ।

दाहाल-नेपाल समूह कम्युनिष्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी दाहाल-नेपाल समूह भएको बताउनुभएको छ ।

काठमाडौंमा बिहीबार आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट कै खोल ओढेर कम्युनिष्ट आ’न्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिष्ट आ’न्दोलनलाई पटक-पटक बदनाम गर्ने काम गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समूह नियम तो’ड्ने धा’कधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई ध’म्की दिदै हिडेको भन्दै अब ‘कानून मान्दिनँ’भन्ने जमाना नभएको बताउनुभयो ।

आ’महड्ताल गरेर दाहाल-नेपाल समूहले जनतालाई दु:ख दिएको र आफुहरु चाँही गाडी र मोटरसाईकलबाट जनताले पाएको दु:खको तमासा हेर्दै हिडेको बताउनुभयो ।

उहाँले कार्यकर्ता नभएर नेताहरु आफै सडकमा उत्रिएको भन्दै व्यंग्य गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक शुद्धिकरण सहित सुदृढ हुदै अघि बढ्ने दाबी पनि गर्नुभयो । साभार : इमेजखबर 

 

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…