प्रचण्डलाई ओलीको व्यंग्य : जनताले कति दु:ख पाएका छन् हेर्न गाडी चढेर हिँड्नुभएको हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको दु:ख हेर्न गाडीको सयर गरेको टिप्पणी गरेका छन्।

नेकपाको प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा विभिन्न ठाउँमा प्रचण्ड गाडी लिएर पुगेका थिए। प्रचण्ड गाडी लिएर पुगेको विषयमा प्रधानमन्त्री ओलीले व्यंग्य गरेका हुन्।

‘अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो। जनताले कति दु:ख पाएका छन् हँ भनेर। गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो’, प्रधानमन्त्री ओलीले भने, ‘अर्को गाडी चढ्न अलिक भएन आफैंले बन्द गरेको भनेर… अलिक ठूलो भयो गाडी भनेर बाइक लिएर जनताले कति दु:ख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो।’

उनले प्रचण्ड-नेपाल पक्षको कार्यकर्ता सकिएकाले आफैं सडकमा उत्रिएको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले आन्दोलनको क्रममा गरिबको तरकारी फ्याँकिएको बताए।

‘बुढी आमाले ल्याएको तरकारी टमाटर सडकमा फ्याँकेर क्रान्तिकारी त देखाउनुभयो प्रचण्ड-माधव नेपालले’, ओलीले भने।

उनले कार्यकर्ता जति सबै आफ्नो पक्षमा रहेको दाबी समेत गरे।

आफूले गाडी रोक्न लगाएर हेर्दा सडकमा प्रचण्ड उभिएको देखेको ओलीले बताए।

‘गाडी रोक त को उभिएको छ भनेको त प्रचण्ड उभिएको’, ओलीले भने, ‘उभिएको कहाँ कस्तो ठाउँमा फेरि सातदोबाटोमा। उभिएको पनि सातदोबाटो, ठाउँ पनि जानेको….प्रचण्ड साइनबोर्ड लिएर।’

प्रधानमन्त्री ओलीले सब्जी, टमाटर, मुला फ्याँक्ने काम प्रचण्ड-नेपाल पक्षको आन्दोलनले गरेको बताए।

प्रचण्ड-नेपाल पक्षले सिडिओ र प्रहरीका एसपीदेखि इन्स्पेक्टरसम्मलाई हप्कीदप्की गरेको बताए।

‘प्रजिअ, एसपी, डिएसपी र इन्स्पेक्टरलाई हप्कीदप्की गर्नुहुन्छ। कानुनको पालना गर्नुहोस्। लोकतन्त्र कानुनको राज हो। बलमिच्याइँको राज होइन’, ओलीले भने, ‘ती दिन गए तपाईं संविधान मान्दिनँ, कानुन मान्दिनँ भन्ने दिन गए।’

उनले प्रचण्ड र नेपालले अदालतलाई धम्क्याएको उल्लेख गरे। साथै निर्वाचन आयोगलाई पनि धम्की दिएको बताए।

‘निर्वाचन आयोगमा पनि यहाँ छौं भनेर लेखेर पुगेको छ। पुगेपछि त थाहा पाए होलान् नि’, ओलीले भने, ‘फेरि पनि लेखेको छ। ब्राण्ड भएको छ उहाँहरूको हामी यहाँ छौं भन्ने।’

‌ओलीले हामी यहाँ छौं लेखेका जति मात्र प्रचण्ड-नेपाल पक्षसँग मान्छे बाँकी रहेको बताए।

‘हामी यहाँ छौं लेखेको जति कार्यकर्ता उहाँहरूको’, ओलीले भने।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…